फेसबुकले सार्वजनिक व्यक्तित्वहरूको पेजबाट लाइक बटन हटायो

Technology Khabar २३ पुष २०७७, बिहीबार

फेसबुकले सार्वजनिक व्यक्तित्वहरूको पेजबाट लाइक बटन हटायो

काठमाडौं ।

फेसबुक इन्कले कलाकारहरू, सार्वजनिक व्यक्तित्वहरू र ब्रान्डहरूद्वारा प्रयोग गरिने पेजहरुलाई पुनः डिजाइन गरेको छ । यसका साथै कम्पनीले त्यस्ता सार्वजनिक पृष्ठहरूबाट ‘लाइक’ बटन हटाएको सोशल मिडिया कम्पनीले बुधबार बताएको छ।

फेसबुक पृष्ठले अब फलोअरहरु मात्र देखाउँदछ र त्यहाँ समर्पित समाचार फिड हुनेछ जहाँ प्रयोगकर्ताहरू कुराकानीमा सामेल हुन, साथीहरूसँग कुराकानी गर्न र फ्यानहरूसँग संलग्न हुन सक्ने छन् -कम्पनीले ब्लग पोस्टमा भनेको छ।

‘हामी लाईक्स हटाउँदैछौं र फलोअरहरूमा ध्यान केन्द्रित गर्दै छौं, मानिसहरूलाई उनीहरूका मनपर्ने पृष्ठहरूसँग कनेक्ट गर्ने तरिका सरल बनाउन,’ फेसबुकले पुनः डिजाइनको बारेमा भन्यो।

easy care

प्रकाशित: २३ पुष २०७७, बिहीबार