Technology Khabar २२ पुष २०७७, बुधबार
सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्न अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
बैंकले नेपाल राष्ट्र बैंकबाट ‘ख’वर्गको इजाजतप्राप्त, बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसनलाई प्राप्ति गर्ने गरी आज अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।
बुधबार सिटिजन्स बैंकको मुख्य कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमकाबीच बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र तिनाउ मिसन डेभलपमेण्ट बैंकका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक राजेन्द्र प्रसाद ओझाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
प्रकाशित: २२ पुष २०७७, बुधबार