ज्योति लाईफ इन्स्योरेन्सको ज्योति ईजी पे जीवन बीमा योजना

Technology Khabar २२ पुष २०७७, बुधबार

ज्योति लाईफ इन्स्योरेन्सको ज्योति ईजी पे जीवन बीमा योजना

काठमाडौं ।

ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड ज्योति ईजी पे जीवन बीमा योजना बजारमा ल्याएको छ ।

प्रत्येक वर्ष समान बीमा शुल्क तिर्नुपर्ने अवस्थालाई अन्त्य गर्दै प्रथम बीमाशुल्क पछि कम मात्र बीमा शुल्कमा यस योजनाले पूर्ण जोखिम बहन गर्नुको साथै राम्रो प्रतिफल पनि प्रदान गर्ने कम्पनीले जनाएको छ ।

प्रत्येक वर्ष ठुलो बीमाशुल्क बुझाउनु पर्ने अवस्थाबाट मुक्त पार्दै तयार पारिएको यस योजनामा प्रत्येक वार्षिकोत्सवमा भुक्तानी हुने बीमाङ्कको ५ प्रतिशत रकम दोस्रो वर्षदेखीको नवीकरण बीमाशुल्कमा मिलान गरि कम बीमाशुल्कमा नै बीमालेख जारी हुने व्यावस्था गरिएको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २२ पुष २०७७, बुधबार

ताजा समाचार