‘प्रोजेक्ट होलिडेमा थियौं, मेरै नेतृत्वमा अहिले कर्मचारीले मात्र नसकेर आउटसोर्सिङ गरिरहेका छौं’

Technology Khabar २२ पुष २०७७, बुधबार

‘प्रोजेक्ट होलिडेमा थियौं, मेरै नेतृत्वमा अहिले कर्मचारीले मात्र नसकेर आउटसोर्सिङ गरिरहेका छौं’
Classic Tech
Nepal Telecom

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम(एनटिसी) का प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कम्पनीको नेतृत्व तहमा २०७७ पुस २२ गते २ वर्ष पुरा गरेका छन्।

तत्कालिन सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाको कार्यकालमा उनले नियुक्ती पाएका थिए । निकै वादविवादका बिचमा नियुक्त भएका अधिकारीले अहिले देशको दूरसञ्चार क्षेत्रको महत्वपूर्ण पूर्वाधारहरुका कार्यको जिम्मेबारी लिएर काम गरिरहेका छन् ।

उनले टेलिकमको कार्यभार सम्हालेको २ वर्षको अनुभव, कम्पनीको वर्तमान अवस्था र आगामी योजनाहरुको बारेमा टेक्नोलोजीखबरले गरेको कुराकानी जस्ताको त्यस्तै प्रस्तुत गरेका छौं।-

नेपाल टेलिकमको वर्तमान अवस्था र कम्पनीका सेवाहरुको तथ्याङ्क कस्तो छ ?

पहिलो त्रैमासिकको अपरिस्कृत रिर्पोट अनुसार एफटीटीएच सेवाको विस्तारले गर्दा आम्दानी बढेको छ । टेलिकमको फिक्स डोमेनमा पनि राजश्व बढिरहेको छ । जनवरी १ देखि आईपी टिभी सर्भिस पनि सञ्चालनमा ल्याएका छौं । ल्यान्डलाईनबाट हुने फाइबरको केसमा युनिक सर्भिस प्रोभाइडरको रुपमा स्थापित भएका छौं ।

टेलिकमका धेरै इन्डिकेटरहरु हुन्छन् । एमआईएस रिर्पोट, ग्राहकको प्रसेप्सन हेर्दा । हाम्रो स्थीति मजबुत छ । २४ घण्टामा २३ लाख ४८ हजार एक्टिभ फोरजी प्रयोगकर्ता छन् । ४८ घण्टाको तथ्यांक अझ निकाल्दा धेरै हुन्छ । केहि समय अघि एकदमै कम थियो । एफटीटीएच ग्राहक १ लाख ५ हजार छन् । भ्वाइस र डाटाको प्रयोगकर्ता एक लाख ७० हजार छन् । दुई वर्ष अघि यो पनि कम थियो । असोजदेखि यताको ट्रेण्ड हेर्ने हो भने फाइबरमा नयाँ ग्राहक बढ्दो छ । वृद्धिदरमा एक नम्बरमै छौं । फोरजीको पनि नयाँ ग्राहक बनाउनेमा एक नम्बरमै छौं । यो भनेको हाम्रो ग्रोईङ टे«ण्ड नै हो । थ्रीजी र टुजी पनि राम्रो छ । भीएलआर ग्राहक २४ प्रतिशतले बढेका छन् । डाटाको खपत ३८७ प्रतिशतले बढेको छ । भ्वाईस ६५ प्रतिशतले बढेको छ । आफ्नै कम्पनीसँग तुलना गर्न पनि विगतका दिनभन्दा राम्रो ग्रोथ भइरहेको छ । अन्य प्रतिस्पर्धी कम्पनीको तुलनामा पनि हाम्रो ग्रोथ राम्रो छ ।

आर्थिक गतिविधिको आधार टेलिफोनको भ्वाइस र डाटाको प्रयोग बढ्ने हो । कोभिड–१९ का कारण करिब ६ महिना आर्थिक गतिविधि ठप्प प्राय भयो । लकडाउन खुले पनि यसको प्रभाव र स्थानीय निकायको निषेधाज्ञाका कारणले धेरै आर्थिक गतिविधि हुन पाएन । यसले पनि कम्पनीको राजश्वमा ठूलो गिरावट आएको छ । असोज, कार्तिक र पुसको डाटा हेर्ने हो भने अघिल्लो वर्षको सोहि अवधिभन्दा रिजार्ज कार्ड र टपअपको बिक्री बढिरहेको छ । यद्दपि अन्तर्राष्ट्रिय रुपमा हुने रोमिङबाट आउने ठूलो आय र अन्तर्राष्ट्रिय कलबाट हुने आय घटिरहेको छ । हाल पनि यसको प्रभाव कायम छ । यात्रा कम भएकाले यस्तो भएको हो । विगतका वर्षमा फिक्स इन्टरनेटको आम्दानी घट्दो क्रममा थियो । पहिलो त्रैमासिकको अपरिस्कृत रिर्पोट अनुसार एफटीटीएच सेवाको विस्तारले गर्दा आम्दानी बढेको छ । टेलिकमको फिक्स डोमेनमा पनि राजश्व बढिरहेको छ । जनवरी १ देखि आईपी टिभी सर्भिस पनि सञ्चालनमा ल्याएका छौं । ल्यान्डलाईनबाट हुने फाइबरको केसमा युनिक सर्भिस प्रोभाइडरको रुपमा स्थापित भएका छौं । एउटै कनेक्सनबाट तीन वटा सेवा, डाटा, भ्वाइस र भिडियो उपलब्ध हुन्छ । ग्राहकको माग अनुसार ब्यान्डबिथ दिने अवस्था पुगिसकेका छौं । सुरुका दिनमा घर घरमा मार्केटिङ गर्न जानुपर्थ्यो भने अहिले सेवाका लागि ग्राहक आफैं कार्यालय आएर धेरै माग गरिरहेका छन् । मागलाई आपूर्तिले पूरा गर्न सक्ने अवस्था भइसकेको छैन । ग्राहकको बढ्दो आकर्षण कम्पनीका लागि ठूलो पूँजी पनि हो ।

माग पूर्ति गर्ने हिसाबले योजना बनायौं । सुरुमा अनुमान गरेभन्दा धेरै माग भयो । अहिले जनशक्ति र उपकरणको अभाव भएको छ । चालु आर्थिक वर्षका लागि गत फागुनमै बोलपत्र आह्वान गर्यौ । लकडाउनका कारण बोलपत्र साउनमा मात्र खोल्न सम्भव भयो । त्यसले गर्दा पनि ढिलो भयो ।

फोरजी फोरजी देशभर पुर्याउने तिब्र विस्तारको अपेक्षा राखिएको थियो । अर्कोतर्फ एफटीटीएच पनि आक्रमक रुपमा लग्ने योजना थियो । उक्त योजनामा सफलता मिलेको जस्तो देखिदैन त ?

हैन, योजनाले सफलता प्राप्त गरिरहेको छ । पहिलो त्रैमासिकमा नेटवर्क विस्तार गर्ने लक्ष्य भन्दा १२७ प्रतिशतमा पुगिसकेका छौं । आपूर्तिमा अलि कमजोर भएको छ । किन भने घरघरमा गएर जडान गर्नुपर्ने हुन्छ । घरमा जान सक्ने अवस्था नभएकाले यो बिचमा साउन र भदौमा अपेक्षा अनुरुप काम गर्न सकिएन । त्यहि भएर लक्ष्य अनुसार वितरण हुन सकेन । बजारको ट्रेन्डभन्दा माथि नै छौं । सुरुमा भएको के हो भने हाम्रो ‘कपर नेटवर्क’बाट आएको जनशक्ति छ । उक्त जनशक्तिलाई फाइबरमा रुपान्तरण गर्न समय लागेको हो ।

योजना, नेटवर्किङ, आपूर्तिमा कर्मचारी अभ्यस्त भइसकेका छन् । पहिला ५ वटा जडान गर्ने टिमले अहिले २५ वटासम्म जडान गर्ने भइसक्नु भएको छ । ग्राहकको माग अनुसार कर्मचारीको क्षमता बढि सकेको छ । माग पूर्ति गर्ने हिसाबले योजना बनायौं । सुरुमा अनुमान गरेभन्दा धेरै माग भयो । अहिले जनशक्ति र उपकरणको अभाव भएको छ । चालु आर्थिक वर्षका लागि गत फागुनमै बोलपत्र आह्वान गर्यौ । लकडाउनका कारण बोलपत्र साउनमा मात्र खोल्न सम्भव भयो । त्यसले गर्दा पनि ढिलो भयो । यस्तो विषम परिस्थितिका बाबजुद पनि विगतका दिनभन्दा उत्साजनक रुपमा प्रगति हासिल भएको छ ।

फोरजी रोलआउटका कारण यो सर्भिस दिन सकेका हौं । एक वर्षमा गर्न पर्छ भनेको कारणले त्यति चाँडो फोरजी रोलआउट भयो । यद्दपी भूगोल, मौसमले र कोभिडले ढिलाई भयो । ७७ प्रतिशतको हाराहारीमा र्यान नेटवर्क र शतप्रतिशत कोर नेटवर्क सकिसकेको छ ।

तत्कालिन सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले पनि एक वर्षभित्र फोरजी नेटवर्क बिस्तारको कार्य पुरा गर्ने भनेर भन्नुभएको थियो । त्यो लक्ष्यका लागि कोभिड मात्रैले पक्कै पनि बाधा पुर्याएको हैन होला नी ?

फोरजीको रोल आउट ३३ महिनाको योजना थियो । त्यही योजना अनुसार नै अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको हो । विभिन्न कारणले ठेक्का सम्झौता गर्न एक वर्ष ढिलाई भएको हो । उक्त ढिलाईलाई पूर्ति गर्न एक वर्षभित्रै सकिन्छ भने मत्वकांक्षी लक्ष्य लिइएको हो । आर्थिक प्राविधिक विषय भएकाले एक वर्ष चुनौतीपूर्ण समय थियो । त्यसलाई स्विकार गरेको पनि हो । त्यही एक वर्ष भनेकै कारणले हामीले ७७ जिल्लाका मूख्य सहरदेखि धेरै जस्तो ठाउँमा सेवा विस्तार गर्न सफल भयौं । त्यो संचालन गरेको कारणले पनि कोभिडको कारणले बढेको माग अनुसारको डाटा उपलब्ध गराउन सफल भयौं ।

यो बिचमा सर्भिसको क्रेडिविलिटी, रिच, गुणस्तर ग्राहकलाई देखाउने मौका पायौं । जुन कारणले टेलिकम प्रति ग्राहकको आकर्षण बढेको छ । त्यही लकडाउनमा हामीले दिन सकेको सर्भिसको कारण यो सम्भव भएको हो । फोरजी रोलआउटका कारण यो सर्भिस दिन सकेका हौं । एक वर्षमा गर्न पर्छ भनेको कारणले त्यति चाँडो फोरजी रोलआउट भयो । यद्दपी भूगोल, मौसमले र कोभिडले ढिलाई भयो । ७७ प्रतिशतको हाराहारीमा र्यान नेटवर्क र शतप्रतिशत कोर नेटवर्क सकिसकेको छ । कोर नेटवर्क भवन भित्र गर्ने काम हो भने रेडियो नेटवर्कका लागि फिल्डमै खटिनुपर्छ । जसरी पहिला एक करोड जीएसएम तीन वर्षमा सक्ने भनिएको थियो, तर त्यसका लागि सात वर्ष लागेको थियो । तीन वर्षमा सक्ने कामलाई एक वर्षमा झार्यौ । दुई वर्षको अवधिमा सम्पन्नको अवस्थामा पुग्नु भनेको यस अघि नेपाल टेलिकमले सुरु गरेको आयोजनाभन्दा छिटो नै हो । फोरजी उपकरण जडान गर्ने मामलामा हामी अग्र स्थानमै छौं । यहि कारणले अहिले टेलिकमको फोरजीमा तीब्र वृद्धि भइरहेको छ।

फोरजी विस्तारको कार्य सरकारले दिएको चुनौतीकै अवधि भित्र भएको मान्नु हुन्छ ?

हो, चुनौती नदिएको भए एक वर्षको अवधिमा यो प्रगति हासिल हुँदैन थियो । दुई हजारभन्दा बढी ठाउँमा नेटवर्क विस्तार गरेर ७७ जिल्लामै पुग्यौं । नत्र भने हाम्रो सेवा मूख्य सहरी क्षेत्रमा मात्र सिमित हुन्थ्यो । अहिले नगरपालिका, गाउँपालिकामा पनि पुग्यौं । त्यो नभएको भए विषम परिस्थितिमा आउने मागलाई धान्न सक्दैन थियौं कि । कम्पनी क्रेडिबिलिटीमा पुग्दैन थियौं ।

अहिले पनि बजारमा टेलिकमले फोरजी बिस्तारको लक्ष्य हासिल गर्न सकेन भनिन्छ नी ? कम्पनीले आफैंलाई पनि झुक्काएको भन्ने छ नी ?

हैन, आइडियल केसमा एक वर्षमा सक्ने भनिएको हो । प्रोजेक्ट कार्यान्वयनको सन्दर्भमा भने आइडियल केस लागु हुँदैन । एउटा विद्युत जडान गर्न पनि दुई महिना लाग्छ । तर आइडिलमा आज निवेदन दिन्छौं, भोलि जडान हुन्छ । घर भाडा लिन सकिएको छैन । इम्पोर्ट लाइसेन्स प्राधिकरणबाट लिनुपर्छ, यसमा समय लाग्छ । बाहिरी कारणले गर्दा ढिलो भएको हो । विगतको भन्दा हाम्रो जनशक्तिको क्षमता अभिवृद्धि भएको छ । निर्णयगतरुपमा भने एक वर्षमा गर्न सक्ने काम भएकै हो । टेलिकमभित्र कामका फाइल एक हप्ताभन्दा धेरै रोकिएको छैन । छिटो निर्णय गरेकाले यो सफलता प्राप्त भएको हो । फोरजी सम्झौता गरेको ६ महिना सामान आयातमा नै बित्यो र बाँकी छ महिना पूर्वाधार विकासमा लगायौं ।

उच्च गतिमा फोरजीका ग्राहक बढिरहेको छ । वृद्धि दर हेर्दा हामी आरामदायक अवस्थामा छौं । मेरो दुई वर्षको कार्यकालले नै यो अवस्थामा आइपुगेको हो । यो वर्ष कोभिडले प्रभाव पार्यो । अघिल्लो वर्ष मात्र सात सय जना प्राविधिक कर्मचारीलाई विदेशबाट तालिम दिलायौं । एक वर्षमा यति धेरै कर्मचारीलाई तालिम दिलाएको इतिहास टेलिकममा थिएन ।

तपाईँ टेलिकमको प्रबन्ध निर्देशक हुनुभएको दुई वर्ष भयो । आफ्नो यस समयकाललाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

दुई वर्ष अघि म नियुक्त हुँदा नेपाल टेलिकमसँग पुराना आयोजना मात्र थिए । नयाँ केहि पनि थिएन । फोरजी विस्तार सुस्त तथा फाइबर र पूर्वाधार पनि राम्रो थिएन । कम्पनी निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने अवस्थामा नै थिएन । अहिले फोरजीको महत्वकांक्षी आयोजना पनि अघि बढ्यो । मध्यपहाडी राजमार्गमा फाइबरको काम पनि अघि बढ्यो । अप्टिकल फाइबरबाट घर घरमा डाटा, भिडियो र भ्वाइसको सेवा दिने कामलाई तीब्रता दियौं । कम्पनीमा काम गर्ने साथहरु खाली बस्नु परेन । (म आउनुभन्दा पहिले) हामी पहिला प्रोजेक्ट होलिडेमा थियौं । अहिले प्रोजेक्ट ओभरलोड नै भइसक्यो । हाम्रो कर्मचारीले मात्र काम गर्न नसकेर आउटसोर्स गरिरहेका छौं । यसले कामको ओभरलोड सिर्जना भयो । दुई वटा कुराले यो भयो । कम्पनीको विश्वसनियता बढेकाले ग्राहकले सेवा लिन खोज्नुभयो । र त्यो सेवा पुरा गर्न व्यवस्थापनले उचित समयमा उचित निर्णय गर्दिन सक्यो ।

टेलिकम अपरेटर मध्येमा कोभिडबाट सबैभन्दा न्यून प्रभावित हामी नै हौं । पछिल्ला दिनमा सबैभन्दा धेरै फाइबर विस्तार हाम्रै भएको छ । उच्च गतिमा फोरजीका ग्राहक बढिरहेको छ । वृद्धि दर हेर्दा हामी आरामदायक अवस्थामा छौं । मेरो दुई वर्षको कार्यकालले नै यो अवस्थामा आइपुगेको हो । यो वर्ष कोभिडले प्रभाव पार्यो । अघिल्लो वर्ष मात्र सात सय जना प्राविधिक कर्मचारीलाई विदेशबाट तालिम दिलायौं । एक वर्षमा यति धेरै कर्मचारीलाई तालिम दिलाएको इतिहास टेलिकममा थिएन । यो तालिमका कारण कर्मचारीले यी योजनाहरु छिटो अघि बढाउन सक्नु भयो । समयमा प्रविधिलाई आत्मसाथ गर्ने, समयमै निर्णय गर्ने र कर्मचारीलाई अभिमूखिकरण गर्ने र उहाँहरुलाई काममा लगाउन सफल भयौं । कम्पनीको समग्र आर्थिक, योजना र ग्राहकमा लिड गर्ने काम मबाट भयो । यी कार्य उपलब्धि मुलुक नै ठान्छु । अन्य भनेको आम ग्राहक, संचारमाध्यम र सरकारले पनि मूल्यांकन गर्ने विषय हो ।

सुरुमा आउँदा मानिसहरुले जुनियर भन्छे । एकदमै जुनियर आफ्नो मान्छे ल्यायो भन्थे । टेलिकमको हरेक तहमा प्रतिस्पर्धाबाट माथि गएको मान्छे हुँ । जुनियर र क्षमता नभएको मान्छे ल्यायो भन्ने त खाली भन्ने कुरा मात्र हो । कामले देखाउने हो ।

टेलिकमको अहिलेसम्मका एमडीहरुको हिसाबले आफ्नो कार्यलाई उत्कृष्ट मान्नु हुन्छ ?

म आफूलाई कहिले पनि उत्कृष्ट भन्दिन । मैले एक कक्षादेखि नै कहिले पनि प्रथम हुन्छु भने पढिन । मेरो एक मात्र लक्ष्य भनेको दिइएको प्रश्नको चित्तबुभ्दो जवाफ दिनुपर्छ । त्यो जवाफको मूल्यांकनमा सधैं प्रथम भइरहेको छु । यो सबैले मूल्यांकन गर्ने विषय हो । सरकारी नीति नियम, खरिद ऐन, नियामक निकाय, अख्तियार, लेखा समिति, सार्वजनिक खरिद अनुगमन कार्यलय, सर्तकता केन्द्र र आमजनता सबै प्रति जवाफदेयी हुनुपर्छ । सबै निकायसँग साझेदारी गरेर अघि बढ्नु चानचुने कुरा हैन । यो दुई वर्ष भित्रमा टेलिकमले नीति नियम मिचेर कुनै कार्य गरेको सुन्नु पनि भएको छैन ।

पछिल्लो समय पारदर्शिता निभाउनु पर्छ भनेर सिधै खरिद गर्ने कार्य बन्द गर्यौं । स्टेशनरी तथा गाडी मर्मत पनि अहिले टेन्डरबाटै हुन्छ । यी कार्य पहिला सिधै हुन्थे । हाम्रो हरेक योजना अनलाईनबाट मोनिटरिङ हुन्छ । हाम्रा आयोजना तथा कार्यालयको गतिविधि तथा राजस्व संकलन सबै अनलाईनमै उपलब्ध छ । कम्पनी अटोमेसन तिर जाँदैछ । यो भन्दा अघि कुनै कार्यालयसँग कार्य विवरण माग्दा पटक पटक पत्र लेख्नु पर्थ्यो । अहिले एक क्लिकमा सबै विवरण आउँछ । यो भनेको सूचना प्रविधिको प्रयोगबाट संस्थागत सुधार हो । यी कामको दक्षता र प्रभावकारिता बढाउने सन्दर्भमा भएका सुधार हुन् । कम्पनीको आवश्यकता अनुसार काम गरिएको छ ।

तपाईँको नियुक्तीमा विवाद देखिएको थियो । मन्त्रिको मान्छे, जुनियर मान्छेलाई एमडी बनाइयो भनेर भने पनि । तपाईँमा नेतृत्व क्षमता अहिलेसम्म देखिएन भनेर टेलिकमका कर्मचारीहरुले नै बताउँछन् । त्यो आरोप के हो भन्ने लाग्छ ?

कमजोरी नहुने मानिस नै हुँदैन । भगवान श्रीरामलाई पनि मानिसले आरोप लगाएका थिए । कमजोरी त होलान्, चन्द्रमामा पनि दाग हुन्छ । चन्द्रमामा दाग छ भनेर दाग हेरेर बस्यौं भने मानिस कहिले पनि सफल हुँदैन । चन्द्रमाको उज्यालोमा भविष्य खोज्ने हो । आगो बाल्दा धुँवा निस्किन्छ । तर धुँवा भयो भनेर आगो नबाल्ने हो भने जिविका चल्छ र ? प्रयोग गर्ने आगो हो । मानिसमा सकारात्मक र नकारात्मक कुरा होलान् । समग्रमा हेर्दा वितरण कस्तो छ । सुरुमा आउँदा मानिसहरुले जुनियर भन्छे । एकदमै जुनियर आफ्नो मान्छे ल्यायो भन्थे । टेलिकमको हरेक तहमा प्रतिस्पर्धाबाट माथि गएको मान्छे हुँ । जुनियर र क्षमता नभएको मान्छे ल्यायो भन्ने त खाली भन्ने कुरा मात्र हो । कामले देखाउने हो । अहिलेका प्रगतिका हिसाबले पनि सरकारले गलत निर्णय लिएको जस्तो लाग्दैन । टिकाटिप्पणी जे को पनि हुन्छ ।

त्यसोभए कर्मचारीहरुले तपाईँलाई कतिको सहयोग गरिरहेका छन् । तपाईँले पदभार ग्रहण गर्दाको समयकालमा नै कर्मचारीहरु नारा जुलुसमा थिए ?

कर्मचारीले सहयोग नगर्ने हो भने कम्पनी अघि बढ्न सक्दैन । त्यसबेला लोकसेवा र कर्मचारी विनियम विरुद्धको असन्तुष्टी बाहिर आएको हो । मेरो नियुक्ती विरुद्धको आन्दोलन हैन । कर्मचारी र युनियनको सहयोग पाइरहेको छु । टेलिकमले नीतिगत निर्णय नगरेको, आयोजना नआएको कारणले त्यस्तो कुनै असन्तुष्टी देखिएको छैन । असन्तुष्टी भनको कर्मचारी विनियम र लोकसेवाको कारण र लाइसेन्स अनुमतिका लागि २० अर्ब रुपैयाँका कारण हो । राष्ट्रिय रुपमा भएका नीतिगत कुरा त्यो कम्पनी व्यवस्थापन र कम्पनी सञ्चालको हातमा छैन् । त्योभन्दा बाहिरको कुरामा विवाद देखिएको हो ।

टेलिकममा धेरै कर्मचारीहरु छन् । त्यसैले अहिले पनि व्यवस्थापन गर्न सकिएको छैन नी होईन र ?

अझै पनि हामीसँग पर्याप्त जनशक्तिको अभाव छ । पूरान धेरै इन्जिनियर विदेशिए, अहिले काम गर्ने ठाउँमा इन्जिनियर छैनन् । दुई, तीन वर्षदेखि रोजगारीका लागि दरखास्त खुलेको छैन । त्यसका कारण पर्याप्त मात्रामा इन्जिनियर लिन सकिएको छैन । नयाँ प्रविधि र थपिएको कामको आधार उपयुक्त जनशक्तिको आवश्यकता थियो । त्यो कम भएको हो । पूरानो नेटवर्कमा काम गर्ने कर्मचारी थिए । पहिला काउन्टरमा धेरै कर्मचारी हुन्थे । अहिले काउन्टरको धेरै सेवा अनलाईन भइसकेको छ । त्यस्ता कर्मचारी पक्कै पनि केहि बढि छन् । दुई चरणमा भीआरएस ल्याएका हौं । २०÷२५ वर्षभन्दा धेरै सेवा अवधि पूरा भएका कर्मचारी, शैक्षिक योग्यता नभएका कर्मचारीलाई विदाई गरेर नयाँ कर्मचारी दिने भन्ने छलफल भएको छ । कोभिडका कारण त्यसको जडमा पुग्न सकिएको छैन ।

तपाई आफैं राजनीतिक नियुक्ती लिएर आउनु भएको, त्यो स्वभाविक नै होला । तर तपाईंलाई अझै पनि पूर्व मन्त्रीको प्रभावमा काम गर्नुहुन्छ भन्ने आरोप लाग्छ नी ?

बाहिर भन्नेले के–के भन्छन् थाहा छैन । मैले कम्पनीलाई आवश्यक नपरेको कुनै पनि आयोजनामा हात हालेको छैन । त्यो पनि ग्लोबल बोलपत्रबाट नै गरिन्छ । मूल्यांकनमा पनि सबैभन्दा न्यून रकम कबुल गर्ने कम्पनीलाई नै ठेक्का दिन्छौं । कानुन मिचेर कसैलाई पनि ठेक्का सुम्पिएका छैनौं । यस्तो गर्दा कसरी प्रभाव देखिन्छ । आन्तरिक रुपमा लगाउन सकिने ठेक्का पनि टेण्डरबाट गरिरहेका छौं । त्यो आरोप सबै मिथ्या निराधार हुन् । त्यो गर्न मैले विधि, नियम, प्रक्रिया र कानुन मिच्नुपर्छ । यी मिचेर म एमडीको रुपमा रहन सक्छु होला र ।

कोभिडका कारण नेपाल टेलिकमको आम्दानी घटेको छ । यसलाई बढाउने कुनै कंक्रिट योजना छ तपाईँसँग  ?

बजारको माग अनुसार नै सेवा विस्तारमा लागेका छौं । पछिल्लो वित्तिय विवरण तयार गर्दैछौं । मोबाइल डाटा, एफटीटीएस र इन्टरप्राइज लिजमा वृद्धि भइरहेको छ । यी क्षेत्रलाई ध्यानमा राखेर पूर्वाधार विकास गरिरहेका छौं । अन्तर्राष्ट्रियरुपमा आश्रितलाई विस्तारै स्वदेशबाटै घटाउने । आब २०७७/८७ पहिलो त्रैमासिकमा फिक्स लाईनको राजस्व बढिरहेको छ । दोस्रो त्रैमासिकमा समग्र राजस्वमै वृद्धि हासिल गर्छौं । गत वर्षको तुलनामा यो वर्ष अम्दानी बढेको छ । बाहिरी लगानीका रुपमा नेपाल स्टक डिलर कम्पनीका रुपमा लगानी गर्यौं । नेपाल डिजिटल कम्पनी पनि निर्माण गर्यौं । यसले पनि छिट्टै आफ्नो सेवा सुरु गर्छ । ग्राहक आधार र कम्पनीको आर्थिक क्षेत्रलाई मजबुत बनाउन तथा मुलुकको समग्र अर्थतन्त्रलाई टेवा पुर्याउन डिजिटल कम्पनी निर्माण गरिएको हो । कम्पनीको घट्दो राजस्वलाई माथि उकास्ने यो कार्यक्रम हो ।

टेलिकममा विदेशी लगानी ल्याउने सरकारले योजना बनाईरहेकोको छ । साथै व्यवस्थापकिय जिम्मेवारी दिने लगायका बारेमा पनि कुरा भइरहेको छ । त्यो कहाँ पुग्यो ?

निजीकरण समितिले टेलिकमको व्यवस्थापनलाई उपयुक्त निर्णय गरेर यस सम्बन्धमा सरकारलाई सुझाव दिन पत्र पठाएको थियो । यसका लागि प्राधिकरणले समिति गठन गरेर पत्र बनाएर सञ्चालक समितिमा छलफलको क्रममा छ । संचालक समितिले विभिन्न विकल्पमध्ये उपयुक्त विकल्प सिफारिस गर्ने तयारीमा छ । सञ्चालक समितिमा यो छलफलको क्रममा छ ।

पूर्वाधारमा साझेदारीको सम्बन्धमा अहिलेसम्म नीतिगत निर्णय भइसकेको छैन । पूर्वाधार नियामवली मन्त्रीपरिषदबाट स्विकृत हुन बाँकी छ । हामीले बनाउने पूर्वाधारमा अहिलेसम्म प्राधिकरणबाट स्पष्ट रुपमा अनुमति लिइएको छैन् ।

सरकारी कम्पनी भए पनि टेलिकमलाई नीतिगत समस्याहरुको भुमरीमा पर्नुभएको देखिन्छ । लाइसेन्स नविकरणदेखि फास्ट्रयाकमा फाइबर बिछ्याउने कार्य सम्ममा त्यसलाई सकरी सम्बोधन गर्नुहुन्छ ?

सरकारी कम्पनी भएकाले सार्वजनिक खरिद ऐन, प्रक्रिया अनुसार काम गर्नुपर्ने हुन्छ । विभिन्न ओभर साइट एजेन्सीको स्क्रिनिङमा हामी छौं । उहाँहरु र आमजनताको उत्तरदायित्वमा हामी छौं । हाम्रा हरेक गतिविधि सीसी टीभी सर्भिलेन्स (पारदर्शी) छ । यस्तो हुँदाहुँदै पनि निजी क्षेत्रसँग प्रतिस्पर्धा गरिरहनु परेको छ । निजी क्षेत्र जस्तो निर्णय र खरिद क्षमता हामीसँग छैन । प्रतिस्थर्धी कम्पनीसँग प्रतिस्पर्धा गर्न पक्कै पनि समयसाक्षेप पक्कै पनि छैन । यो चिज सार्वजनिक खरिद ऐनले पनि स्विकार गरेको छ । निजी कम्पनीसँग प्रतिस्पर्धा गर्ने सरकारी कम्पनीको छुटै आर्थिक कार्यविधि स्विकृत गरि लागु गर्न सकिने भनिएको छ । त्यो लागू गर्नु अघि सार्वजनिक खरिद अनुगमन कार्यालयको स्विकृती चाहिन्छ भनिएको छ । कार्यालयलाई स्विकृतीका लागि २०७५ साउनमा नै पठाएको हो । त्यसको निर्णय अहिलेसम्म भएको छैन ।

खरिद ऐनमा दूरसञ्चार जस्तो हाईली टेक्निकल र आइटी कम्पनीको सफ्टवेयर र आइटी उत्पादन खरिद गर्न मिल्ने प्रावधान धेरै छैनन् । त्यसलाई समय सापेक्ष परिवर्तन गर्नका लागि सञ्चालक समिति र पीपीएमओमा पनि छलफल भइरहेको छ । दूरसञ्चार कम्पनी भएकाले नियामक निकाय दूरसञ्चार प्राधिकरणले दिएको निर्देशन र निर्णयलाई पनि कार्यान्वयन गर्नुपर्ने हुन्छ । पूर्वाधारमा साझेदारीको सम्बन्धमा अहिलेसम्म नीतिगत निर्णय भइसकेको छैन । पूर्वाधार नियामवली मन्त्रीपरिषदबाट स्विकृत हुन बाँकी छ । हामीले बनाउने पूर्वाधारमा अहिलेसम्म प्राधिकरणबाट स्पष्ट रुपमा अनुमति लिइएको छैन् । ग्रामीण दूरसञ्चार कोषबाट सञ्चालित परियोजनामा अन्र्तगत पूर्वाधार बनाउन प्राधिकरणको निर्देशनअनुसार डीपीआर नै गरिरहेका छौं । हामीले बनाएका पूर्वाधार हाम्रं खर्चमा हुने भएकाले हाम्रो आवश्यकताभन्दा ठूलो क्षमतामा बनाउन सक्ने अवस्था छैन । सेयर गर्न मिल्ने टावर र डक बनाउन खर्च धेरै हुन्छ । त्यसका लागि अनुदान आउनु पर्यो वा सेयर गर्ने कम्पनी सूनिश्चित हुनुपर्यो । पूर्वाधार नियावली पूर्णरुपमा स्विकृत भएर आएपछि भने त्यसलाई कार्यान्वयन गछौं ।

मध्यपहाडी राजमार्गमा कहिलेसम्म फाइबर बिछ्याइसक्नु हुन्छ ?

मध्यपहाडीको ठेक्का सम्झौता आगामी बैशाखसम्म हो । यो बिचमा कोभिडको प्रकोप भएकाले लक्ष्य अनुसार काम गर्न सकिएन । आउँदो बैशाखको ६ महिनापछि सम्म सकिन्छ भन्ने हाम्रो अनुमान छ । बिजुलीको पोलभाडा सम्बन्धी कुरा पनि मिलिसकेको छ । मंसिरमा उत्साहजनक प्रगति देखिएको छ । अहिलेको रफ्तारमा काम गर्न सकियो भने आगामी असारसम्म धेरै काम सकिन्छ ।

पावर, एन्टिना, मल्टीब्यान्ड एन्टिना छ । मल्टीब्यान्ड एन्टिना सरकारले दिएको स्पेक्ट्रम भित्र पर्यो भने अर्को एन्टिना लिन पनि पर्दैन । धेरै पूर्वाधार छ । थप्नुपर्ने चिज र लाइसेन्स तथा स्पेक्ट्रम उपलब्ध भयो भने हामी सक्छौं ।

संसार भर फाइभजीको चर्चा छ । नेपालमा पनि फाइभजीको स्पेक्ट्रम छुटाईँदैछ । पक्कै पनि टेलिकमले नै पहिलो फाइभजी सेवा सञ्चालन गर्नेछ । अहिले नै सरकारले फाइभजी सेवा सुरु गर् भन्यो भने सक्ने अवस्थामा छौं ?

चार वटा सहरमा फाइभजीको परीक्षण गर्ने भनेर अहिलेको सम्झौतामा पनि छ । तर त्यो परीक्षण गर्नका लागि स्पेक्ट्रम र अनुमतिको आवश्यक पर्छ । नेपाल सरकार वा नियमकले अनुमति दिएपछि मात्र हामी त्यो गर्न सक्छौं । लाइसेन्स र स्पेक्ट्रम नभई परीक्षण गर्न सक्देनौं । प्राधिकरणले फाइभजीका लागि निश्चित ब्यान्ड सिफारिस गरेको छ । फ्रिक्वेन्सी निर्धारण समितिबाट पनि उपयुक्त निर्णय भयो भने फाइभजीको परीक्षण गर्न सक्छौं । परीक्षण गरिसकेपछि पनि त्यसलाई बजारीकरण गर्न समय लाग्छ । फाइभजीको कस्टमर सेंगमेन्ट, आवश्यकता के हो ? त्यसका एप्लिकेसन के हुन् ? खर्च र स्पेक्ट्रम शुल्क कति हुन्छ ? व्यवसायीक फाइदका रुपमा अघि बढाउन सक्छौं कि सक्देनौं ? यी सम्पूर्ण कुरा लागु गर्नुपर्ने भएकाले यसको सफलताको लागि केहि समय लाग्छ । यूरोपमा फाइभजी कनेक्टीभिटीको रुपमा मात्र प्रयोग भएको छ । स्कुल, स्वास्थ्य, इन्डस्ट्रियल कनेक्टीभिटीको कुरा गरेका छन् । हामी पनि कुनै सेक्टरल कुरा लिएर कनेक्टीभिटीलाई केस अध्ययन गर्न फाइभजीको रोलआउट गर्न सकिन्छ । यसका लागि स्पेक्ट्रम र अनुमति चहिन्छ ।

फाइभजी सेवा दिनका लागि मनोबैज्ञानिक रुपमा टेलिकम तयार छ ?

फाइभजीका लागि चहिने महत्वपूर्ण भनेको पूर्वाधार र फाइबर कनेक्टीभिटी हो । फाइबर कनेक्टीभिटी धेरै ठाउँमा पुगिसकेको छ र टावर पनि छन् । पावर, एन्टिना, मल्टीब्यान्ड एन्टिना छ । मल्टीब्यान्ड एन्टिना सरकारले दिएको स्पेक्ट्रम भित्र पर्यो भने अर्को एन्टिना लिन पनि पर्दैन । धेरै पूर्वाधार छ । थप्नुपर्ने चिज र लाइसेन्स तथा स्पेक्ट्रम उपलब्ध भयो भने हामी सक्छौं ।

डिजिटल ट्रान्सफरमेसनको अभियानको महत्वपूर्ण साझेदारको रुपमा नेपाल टेलिकम हुनुपर्छ भन्ने चाहना छ । यसै अभियानलाई सहयोग पुर्याउन हामीले कनेक्टीभिटीमा विशेष ध्यान दिइरहेका हौं । डिजिटल फाइनान्सलाई बढाउन मोबाइल भुक्तानी मार्फत भर्चुअल बैंकिङ होस् । सबैले मोबाइल मार्फत नै आर्थिक क्रियाकलाप गरुन् र त्यसको लिड नेपाल टेलिकमले गरोस् ।

फोरजी विस्तार गर्दा थ्रिजी उपकरणलाई अपग्रेड गर्नुपर्यो । अब उक्त नयाँ उपकरणहरु फाइभजीका लागि पनि उपयुक्त हुन्छौं भन्यौं । यो कुरा सहि हो ?

फाइभजीमा अपग्रेड हुन सक्ने फिचर हामीले कोर नेटवर्कमा बनाएका छौं । रेडियो एक्सेस नेटवर्कमा फाइभजीमा जान फाइबजीको ब्यान्ड थाहा हुनुपर्छ । फ्रिक्वेन्सी ब्यान्ड थाहा नभई डिभाइस उत्पादन हुँदैन । रेडियो रिर्सज यूनिट (आरआरयू), एन्टिना फ्रिक्वेन्सीको आधारमा तयार गरिने हुन् । बीबीओ, एनयुटो लगायत सफ्टवेयर परिवर्तन गरेर गर्ने हो । त्यो गर्न समस्या हुँदैन । स्पेक्ट्रम र स्पेक्ट्रमलाई फाल्ने उपकरण स्पेक्ट्रम तय नभई भन्न सकिने अवस्था रहदैन । कनेक्टीभिटी र पूर्वाधारलाई फाइभजीमा प्रयोग गर्न सकिन्छ ।

यो दुई वर्षमा तपाईँले धेरै अनुभव हासिल गर्नुभयो होला । अब भावी योजना के–के छन् ?

डिजिटल नेपाल फ्रेम वर्क कार्यान्वयनको चरणमा छ । त्यसका लागि आवश्यक भनेको डिजिटल फाउन्डेसन हो । यसका लागि चहिने भनेको कनेक्टीभिटी हो । मेरो चाहना भनेको मुलुकको हरेक वडामा ब्रोडब्यान्ड केनेक्टीभिटी होस् । ब्रोडब्यान्ड कनेक्टीभिटीका मार्फत ई–गभर्नेस कार्यान्वयन होस् । स्मार्ट गाउँहरु तथा सहरहरु बनुन् । त्यसका लागि आवश्यक कनेक्टीभिटी टेलिकमले पुरा गरोस् । डिजिटल ट्रान्सफरमेसनको अभियानको महत्वपूर्ण साझेदारको रुपमा नेपाल टेलिकम हुनुपर्छ भन्ने चाहना छ । यसै अभियानलाई सहयोग पुर्याउन हामीले कनेक्टीभिटीमा विशेष ध्यान दिइरहेका हौं । डिजिटल फाइनान्सलाई बढाउन मोबाइल भुक्तानी मार्फत भर्चुअल बैंकिङ होस् । सबैले मोबाइल मार्फत नै आर्थिक क्रियाकलाप गरुन् र त्यसको लिड नेपाल टेलिकमले गरोस् ।

मुलुकको समग्र डिजिटल आर्थिक कारोबारमा लिडरको रुपमा टेलिकमले काम गरोस भन्ने हो । र अर्को एउटा घर एउटा फाइबर कनेक्सन । त्यो फाइबर कनेक्सनले सबै सर्भिसको आपूर्ति गर्ने भन्दै अबको तीन वर्षमा १० लाख घरमा फाइबर पुर्याउने योजना अघि सारेका छौं । हरेक फाइबरबाट डाटा, भ्वाइस र भिडियो सेवा दिने हो । टेलिकम सेक्टर सबैभन्दा छिटो परिवर्तन भईरहन्छ । पूर्ण डिजिटल कन्भर्जेन्स सर्भिसमा टेलिकमले लिड गरोस भन्ने हो । नीतिगत विषयहरुमा नेपाल सरकारलाई समेत सहयोग गर्ने चाहना छ भने कन्टेन्टका क्षेत्रहरुमा समेत नेतृत्व लिनुपर्दछ । डिजिटल ट्रान्सफरका लागि पनि गर्नुपर्दछ ।  त्यसैगरि हाम्रा सबै सेवाहरु सेक्योर हुन् । हाम्रा कारोबारहरु समेत सुरक्षित हुन भन्ने हो । हामीले रोबस्ट सेक्यूरिटी प्लेटफर्म बनाउन सकियोस् । यसको अर्थ आईटी एण्ड डिजिटलको क्षेत्रहरु नेपाल टेलिकमले नेतृत्व लिओस र नाम आओस भन्ने चाहना हो ।

TK Viber

प्रकाशित: २२ पुष २०७७, बुधबार

Loading...