Technology Khabar २२ पुष २०७७, बुधबार
विश्वको प्रमुख टेलिभिजन निर्माता कम्पनी मध्येको एक टिसीएल इलेक्ट्रोनिक्सले आधिकारिक रूपमा पुष्टि गरेको छ कि यसले आफ्नो ब्राण्ड न्यू मिनी एलईडी डिस्प्ले टेक्नोलोजी यस वर्षको अनलाइन सीईएस २०२१ को समयमा प्रस्तुत गर्नेछ।
सो प्रविधिमा कम्पनीले केहि समयदेखि काम गरिरहेको छ र हुनसक्छ यो वर्ष हामी यसलाई उपभोक्तामाझ देख्न थाल्नेछौं, तयार उपकरणहरूका साथमा ।
मिनी एलईडी डिस्प्ले टेकको अतिरिक्त, कम्पनीले अन्य क्यूएलईडीद्धारा संचालित टिभीहरू, साउन्डबारहरू र अन्य घरेलू उपकरणहरूको बारेमा समेत संकेत दिएको छ।
सीईएस २०२१ मा टिसीएलले ११ जनवरीमा आफ्नो नयाँ टेक्नोलोजीको घोषणा गर्नेछ । टिसीएलको यो प्रविधिसहितको टिभीलाई सामसङको माइक्रोलेड टिभीसँग तुलना गरिनेछ ।
प्रकाशित: २२ पुष २०७७, बुधबार