Technology Khabar २१ पुष २०७७, मंगलवार
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विश्वभर रहेका नेपाली वैज्ञानिकहरुको प्रोफाइल तयार पारेको छ।
नास्टले नेपाल लगायत विश्वका विभिन्न देशमा कार्यरत नेपाली वैज्ञानिकहरु समावेश गरी जम्मा ८ सय ७३ जनाको डाटाबेस तयार गरी प्रकाशित गरेको हो ।
यस सूचीमा पहिलो चरणमा विद्यावारिधी गरेका व्यक्तिहरुलाई समेटिएको छ ।
प्रोफाइलमा नेपाली वैज्ञानिकहरुको विशेषज्ञता, हाल कार्यरत रहेको स्थान र क्षेत्र जस्ता विवरणहरु समेटिएका छन् ।
नेपाली वैज्ञानिकहरुको यस्तो विवरणबाट देश तथा नेपालीहरुले उपयोग गर्नसक्ने नास्टले विश्वास लिएको छ।
यस्तो छ सूची-
wiw_book_designप्रकाशित: २१ पुष २०७७, मंगलवार