पिबिएस आइटी करियर कन्क्लेभ पुस २५ र २६ गते आयोजनामा हुँदै

Technology Khabar २१ पुष २०७७, मंगलवार

पिबिएस आइटी करियर कन्क्लेभ पुस २५ र २६ गते आयोजनामा हुँदै
Classic Tech
Nepal Telecom

इन्नोभेसन र टेक्नोलोजिकल उद्यमशिलताको अवस्था कस्तो रहन्छ भन्ने सन्दर्भमा केन्द्रित रहेर प्रेसिडेन्सीयल बिजनेस स्कुल र लिभिङ विथ आइसिटीको संयुक्त आयोजनामा आगामी शनिवार र आइतबार ‘पिबिएस आइटी करियर कन्क्लेभ’ सम्पन्न हुन गईरहेको छ ।

यहि पुस २५ र २६ गते अर्थात जनवरी ९ र १० तारिखमा आयोजना हुने २ दिने कन्क्लेभमा २० जनाभन्दा बढि विज्ञहरुले विविध विषयमा आफ्ना धारणा राख्ने आयोजकले जानकारी दिएको छ ।

२ दिनसम्म सञ्चालन हुने यस कार्यक्रम विभिन्न ५ विषयमा सेसनहरु सञ्चालन हुनेछन । कार्यक्रमको पहिलो दिन अर्थात पुस २५ गते बिहान ११ बजेदेखि १२ बजेसम्म ‘इमर्जिङ टेक्नोलोजी इन आइटी इन्डष्ट्री’ विषयमा पहिलो सेसन सञ्चालन हुनेछ । सोही दिन दिउँसो साढे १२ बजेदेखि साढे १ बजेसम्म ‘इन्नोभेसन एण्ड टेक्नोलोजीकल आन्ट्रप्रेनरसीप’ विषयमा दोस्रो सेसन सञ्चालन हुनेछ । त्यस्तै सोही दिन नै दिउँसो २ बजेदेखि ३ बजेसम्म आइटीमा करियर सम्भावनाको बारेमा पनि प्रश्न उत्तर अर्थात क्युएनए सेसन सञ्चालन हुने कार्यक्रम संंयोजक तथा इन्नोभेसन ल्याब म्यानेजर पारस डोटेलले जानकारी दिए ।

त्यसैगरी कार्यक्रमको दोस्रो दिन पुस २६ गते बिहान ११ बजेदेखि १२ बजेसम्म ‘कनेक्टिङ ट्यालेन्ट्स विथ ग्लोबल अपर्चुनिटी’ विषयमा पहिलो सेसन सञ्चालन हुनेछ । त्यसैगरी सोही दिन नै साढे १२ बजेदेखि साढे १ बजेसम्म ‘आइटी ग्रोथ इन नेपाल नेक्स्ट टेन इयर्स’ विषयमा अन्तिम सेसन सञ्चालन हुनेछ । कार्यक्रममा विभिन्न विज्ञहरु ‘कि नोट स्पिकर’ को रुपमा पनि रहने बताईएको छ ।

अन्तराष्ट्रिय स्तरमा रहेका केहि वक्ताहरु भने भर्चुअल माध्यमबाट प्यानल डिस्कसरनमा सहभागि हुने बताईएको छ । कार्यक्रममा सहभागिता जनाउनको लागि अनलाईन मार्फत नाम दर्ता गर्नुपर्नेछ ।

सूचना प्रविधि क्षेत्रका सरोकारवाला, आइटीमा करियर बनाउन खोजिरहेका विद्यार्थी र शिक्षकहरुको लागि पनि यो कार्यक्रम महत्वपुर्ण हुने विजनेश स्कुलका कार्यकारी निर्देशक लक्ष्मण केसीले बताए।

TK Viber

प्रकाशित: २१ पुष २०७७, मंगलवार

Loading...