इसेवा मनि ट्रान्सफर र इन्स्ट्यान्ट क्यासबीच रेमिट्यान्स भुक्तानी सम्झौता, इसेवामा क्यासब्याक पाईने

Technology Khabar २१ पुष २०७७, मंगलवार

इसेवा मनि ट्रान्सफर र इन्स्ट्यान्ट क्यासबीच रेमिट्यान्स भुक्तानी सम्झौता, इसेवामा क्यासब्याक पाईने
Classic Tech

पछिल्ला दिनमा आक्रामक ढंगले बजार विस्तार गरिरहेको इसेवा मनि ट्रान्स्फर र विश्वमा रेमिट्यान्स्को क्षेत्रमा ख्यातीप्राप्त कम्पनी ‘इन्स्ट्यान्ट क्यास’, ग्लोबल मनि ट्रान्स्फरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।

यो सँगै युएई कतार, कुवेत लगायतका १० भन्दा बढि मुलुकमा रहेका नेपालीले सहजै रेमिट्यान्स् पठाउन सकिनेछ ।

रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवा मनि ट्रान्स्फरका प्रबन्ध निर्देशक अजेश कोइराला र इन्स्ट्यान्ट क्यासका प्रमुख कार्यकारी अधिकृत सुल्तान अल महमदले हस्ताक्षर गरे ।

युएई कतार, कुवेत लगायतका मुलुकमा रहेका नेपालीले नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवा वालेटमा रकम पठाउन सकिनेछ । नगदमा पठाइएको रकम इसेवा मनि ट्रान्स्फरका नेपाल भर रहेका ८ हजार भन्दा धेरै एजेन्ट तथा इसेवा वालेट एप मार्फत पनि प्राप्त गर्न सकिनेछ । त्यसै गरी बैंक खातामा पठाएइको रकम तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ ।

नगदमा पठाइएको रकम इसेवा वालेटमा रिसिभ गर्दा रू. ५५ अतिरिक्त क्यासब्याक प्राप्त हुने कम्पनीले जनाएको छ।

TK Viber

प्रकाशित: २१ पुष २०७७, मंगलवार

Loading...