Technology Khabar २१ पुष २०७७, मंगलवार
चिनियाँ मोबाइल ब्राण्ड रियलमीको भी१५ यहि जनवरी ७ मा सार्वजनिक हुनेछ । रियलमी भी१५ रियलमीको सन् २०२१ को पहिलो स्मार्टफोन हो ।
रिर्पोटका अनुसार रियलमी भी१५ मा ट्रिपल क्यामरा सेटअप हुनेछ । फोनमा ६४ मेगापिक्सेल क्यामरा दिइनेछ । फोनको फ्रन्ट प्यानलको देब्रे कुनामा सिंगल पन्च होल देख्न सकिन्छ । फोनमा ओएलईडी डिस्प्ले छ।
फोनमा डिमेनसिटी ८०० यू चिपसेट दिइएको छ । यो चिपसेटमा २.४ गिगाहर्जमा सञ्चालन हुने दुई कोर्टेक्स ए७६ कोर र २.० गीगाहर्जमा सञ्चालन हुने ६ कोर्टेक्स ए५५ कोर राखिएको छ । फोन ५० वाटको फास्ट चार्जिङ फिचर उपलब्ध छ । फोनको तौल करिब १७६ ग्राम छ ।
प्रकाशित: २१ पुष २०७७, मंगलवार