Technology Khabar २० पुष २०७७, सोमबार
सामसङले सन् २०२१ को पहिलो त्रैमासिकमा पाँच अर्ब अमेरिकी डलर बराबरको ओएलईडी प्यानल डिस्प्ले बिक्री गर्ने योजना बनाएको छ ।
रिर्पोटका अनुसार सन् २०२१ को पहिलो त्रैमासिकमा सामसङले पाँच अर्ब अमेरिकी डलर बराबरको ओएलईडी प्यानल डिस्प्ले बिक्री गर्ने लक्ष्य राखेको छ ।
सन् २०१९ को पहिलो त्रैमासिकमा सामसङको ओएलईडी प्यानल डिस्प्लेको बिक्री ३० प्रतिशतले बढेको थियो । त्यस समय तीन अर्ब ९८ करोड अमेरिकी डलर बराबरको कारोबार भएको थियो । ५जी स्मार्टफोनको आगमनसँगै ओएलईडी प्यानल डिस्प्लेको बिक्री वृद्धि भइरहेको छ । अधिकतम ५जी फोन ओएलईडी प्यानल डिस्प्लेमा देख्न सकिन्छ ।
ओएलईडी प्यानल प्रतिस्पर्धी एलसीडी प्यानलभन्दा पातलो हुन्छ । यसले गर्दा पनि ओएलईडी प्यानल ५जी स्मार्टफोन उत्पादकले रुचाइरहेका छन् ।
साथै ओएलईडी प्यानल ऊर्जा मैत्री पनि छ । फोरजी फोनको तुलनामा ५जी फोनले धेरै ऊर्जा खपत गर्छ । एप्पलका फोनहरुमा पनि ओएलईडी प्यानल डिस्प्ले प्रयोग हुन्छ । आईफोन १२ सिरिज भर्खरै बजारमा आएका कारण पनि ओएलईडी प्यानलको प्रयोग बढ्ने सामसङको विश्वास छ ।
सन् २०२० को चौथो त्रैमासिकमा ६२.८ प्रतिशत स्मार्टफोनमा ओएलईडी प्यानल डिस्प्ले प्रयोग गरिएको रिर्सज कम्पनी ओमडियाले जानकारी दिएको छ । जम्मा ३१.८ प्रतिशत स्मार्टफोनमा एलसीडी डिस्प्ले प्रयोग गरिएका छन् । एजेन्सी
प्रकाशित: २० पुष २०७७, सोमबार