व्यावसायिक योजना निर्माणका लागि सजिलो मोबाइल एप ‘बिज सूत्र’ सार्वजनिक

Technology Khabar २० पुष २०७७, सोमबार

व्यावसायिक योजना निर्माणका लागि सजिलो मोबाइल एप ‘बिज सूत्र’ सार्वजनिक
Classic Tech
Nepal Telecom

साना तथा मझौला उद्यमीहरुले व्यवसायिक योजना निर्माणका लागि श्रोत साधनको अभाव तथा सूचनाको कमी, समय वढि लाग्ने, बैंक तथा वित्तिय संस्थाहरुले तोकेको ढाँचामा व्यावसायीक योजना तयार गर्न नसक्दा धेरैजसो व्यवसायीहरुले लगानी अनुरुपको प्रतिफल प्राप्त गर्न नसकेको विषयलाई ध्यानमा राखेर निड्स नेपाल प्रा.लि.ले डिजिटल प्रविधिमार्फत छिटो छरितोरुपमा व्यवसायिक योजना निर्माण गर्न बिज सूत्र (Biz Sutra) नामक मोबाइल एप तयार गरी बजारमा ल्याएको छ ।

यो एप स्मार्ट मोबाइल फोनमा प्ले स्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सकिन्छ । जसको प्रयोगगरि उद्यमको आकार हेरी आधा देखि दुइ घण्टा भित्रमा व्यवसायिक योजना तुरुन्तै निर्माण गर्न सकिन्छ ।

यस मोबाईल एपको प्रयोगबाट आफुले संचालन गर्न चाहेको नयाँ व्यवसाय वा संचालन भईराखेको व्यवसायको तथ्याङ्क तथा सुचनाहरु उद्यमी स्वयंले एपमा प्रविष्ट गरि तिनै तथ्याङ्क तथा सुचनाहरुको विश्लेषणको आधारमा एप मार्फतनै विशिष्ठ ढाँचामा व्यवसायिक योजना स्वतः निर्माण हुन्छ । जुन योजनामा व्यवसायको व्यवस्थापकीय पक्ष, बजार योजना, वित्तिय विश्लेषण, व्यवसायको सबल पक्ष, अवसर तथा चुनौतिहरु जस्ता महत्तवपूर्ण पक्षहरु समेटिएको कम्पनीले जानकारी दिएको छ ।

यसरी मोवाइल एपबाट प्रविष्ट गरिएका तथ्याङ्क तथा सूचनाहरुलाई निड्स नेपाल प्रा.लिको सर्भरमा सुरक्षित र व्यवस्थित गरिएको छ । जुन सूचनाहरुलाई भविश्यमा आवश्यकता अनुसार व्यवसायको तुलना गर्न तथा पुनरावलोकनको लागि प्रयोगमा ल्याउन सकिने बताईएको छ ।

यो मोवाइल एप नेपाली भाषामा तयार गरिएकोले प्रयोग गर्न सजिलो छ भने व्यवसायिक योजना निर्माण गर्ने विज्ञहरुको प्रतक्ष्य संलग्नतामा तयार गरिएको एप दर्जनौ उद्यमीहरुले प्रयोग तथा परीक्षण गरि अत्यन्तै रुचाईएको र माग पनि बढ्दै गईरहेको कम्पनीको दाबी छ ।

बिज सूत्र मोवाइल एपको प्रयोगगरि सरल र सहजरुपमा कम समय र लागतमा व्यावसायीक योजना तयार गर्न सकिन्छ जुन व्यवसायिक योजनाले बैंक तथा वित्तिय संस्थाहरुले तोकेको ढाँचालाई समेत समेटेको छ ।

‘अब व्यवसायिक योजना निर्माण गर्न लामो समय लाग्ने, बढि पैसा तिर्नु पर्ने र कसले योजना बनाइदेला भन्ने झन्झटबाट मुक्त गर्न सक्ने यसको प्रयोगबाट उद्यमिहरु मात्र नभएर व्यवसायमा लगानि गर्न चाहने बैंक तथा वित्तिय सस्थाहरु, उद्यमी विकासकालागि सहयोग गर्ने विभिन्न सहयोगी संघ संस्थाहरु, परियोजना, सरकारी तथा गैर सरकारी संस्थाहरुलाई पनि लाभ पुग्नेछ,’ निड्स नेपालका अध्यक्ष सगुन पुडासैनीले बताए ।

बिज सूत्र एप डाउनलोड गर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।

TK Viber

प्रकाशित: २० पुष २०७७, सोमबार

Loading...