राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध अमर्यादित र आपत्तिजनक नारा लगाउनेलाई पक्रन साइबर ब्यूरोलाई निर्देशन

Technology Khabar २० पुष २०७७, सोमबार

राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध अमर्यादित र आपत्तिजनक नारा लगाउनेलाई पक्रन साइबर ब्यूरोलाई निर्देशन
Classic Tech

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सडकमा अमर्यादित र आपत्तिजनक नारा लगाउने समूहको प्रहरीले खोजी सुरु गरेको छ ।

प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी कार्यालय रानीपोखरी र साइबर ब्युरोलाई सो समूहलाई पक्राउ गर्न निर्देशन दिएको हो ।

गृहमन्त्री रामबहादुर थापाले पनि राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध सडकमा अमर्यादित गालीगलौज र आपत्तिजनक नारा लगाउनेलाई पक्राउ गरिने बताएका थिए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षीय महिला नेत्रीहरूसँगको भेटमा मन्त्री थापाले आइतबार बिहान सो कुरा बताएका थिए ।

केही दिनअघि काठमाडौँका सडकमा भएको विरोध प्रदर्शनमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको नाम जोडेर अमर्यादित भाषा प्रयोग, गालीगलौज र आपत्तिजनक नारा लगाएको भिडियो सार्वजनिक भएको थियो । गोरखापत्र दैनिकबाट

TK Viber

प्रकाशित: २० पुष २०७७, सोमबार

Loading...