ब्रोडब्यान्ड इन्टरनेटको खपत सबैभन्दा धेरै मोबाइल डाटाबाट, थ्रीजी सेवाका प्रयोगकर्ता सबैभन्दा धेरै

Technology Khabar २० पुष २०७७, सोमबार

ब्रोडब्यान्ड इन्टरनेटको खपत सबैभन्दा धेरै मोबाइल डाटाबाट, थ्रीजी सेवाका प्रयोगकर्ता सबैभन्दा धेरै

काठमाडौं ।

नेपालमा मोबाइल डाटाको माध्यमबाट इन्टरनेट प्रयोग गर्ने धेरै प्रयोगकर्ता देखिएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको कार्तिक महिनाको एमआईएस (म्यानेज्मेन्ट इन्फरमेसन सिस्टम) प्रतिवेदनअनुसार नेपालमा ब्रोडब्यान्ड इन्टरनेटको प्रयोगकर्ता दुई करोड ३९ लाख २१ हजार १८० पुगेका छन् ।

करिब एक चौथाई प्रयोगकर्ताले मोबाइल डाटा र बाँकीले फिक्स्ड माध्यमबाट ब्रोडब्यान्ड इन्टरनेट प्रयोग गर्छन् ।

प्राधिकरणकाअनुसार मोबाइल डाटा प्रयोगकर्ता नेपालमा एक करोड ७५ लाख ७५ हजार ४१९ रहेका छन् ।

तथ्यांकअनुसार फिक्स ब्रोडब्यान्ड प्रयोग गर्ने ६३ लाख ४५ हजार ७६१ छन् । जसमा तारको मद्दतबाट ब्रोडब्यान्ड प्रयोग गर्ने ६१ लाख १९ हजार ९९ छन् भने बिना तार अर्थात वायरलेस ब्रोडब्यान्ड प्रयोग गर्ने दुई लाख २६ हजार ६६२ छन् ।

ब्रोडब्याण्ड चलाउनेमध्ये मोबाइल ७३ प्रतिशत, फिक्स वायर २६ प्रतिशत र फिक्स वायरलेस १ प्रतिशत छन् । यसमध्ये सबैभन्दा धेरै नेपाल टेलिकमका प्रयोगकर्ताहरु छन् ।

नेपाल टेलिकमका प्रयोगकर्ता एक करोड १९ लाख ३३ हजार ९५५ छन् । एनसेलका ६७ लाख ५६ हजार ५१५ छन् । स्मार्ट टेलिकमका एक लाख ९९ हजार ७६१ छन् । बाँकी अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीहरु (आइएसपी) का ५० लाख ३० तीस हजार ९४९ छन् ।

आइएसपीएसको एक इन्टरनेट बराबर चार जना प्रयोगकर्ता मानिन्छ । १३ लाख १२४ स्थानमा आइएसपीएस जडान गरिएको छ।

मोबाइल डाटा चलाउने मध्येपनि फोरजीका प्रयोगकर्ताहरु ६३ लाख ३२ हजार १९४ जना छन भने सबैभन्दा धेरै थ्रीजी चलाउने १ करोड ११ लाख ६ हजार ६५२ जना छन् ।

फोरजीका ग्राहकहरुमध्ये ४० लाख भन्दा धेरै प्रयोगकर्ताले एनसेलको सेवा लिएका छन भने १ लाख ९९ हजार ७६१ जनाले स्मार्टको सेवा लिएका छन् । बाँकी भने नेपाल टेलिकमको फोरजी सेवा चलाउने गर्छन् ।

त्यस्तै थ्रीजीमा इन्टरनेट चलाउने ग्राहकहरुमध्ये ८४ लाख ३२ हजार भन्दा धेरै नेपाल टेलिकमका ग्राहक छन भने बाँकी एनसेलका प्रयोगकर्ताहरु छन् ।

त्यसैगरि ८० प्रतिशत नेपालीसम्म इन्टरनेटको पहुँचमा पुगेको प्राधिकरणको तथ्यांकमा देखिन्छ ।

ग्रामीण क्षेत्रमा ५१२ केबीपीएस र सहरी क्षेत्रमा १० एमबीपीएसको स्पिडलाई प्राधिकरणले ब्रोडब्यान्ड इन्टरनेट मान्दै आएको छ ।

वायरलेस प्रविधि, केबल, फाइबरमार्फत दिइएको इन्टरनेट र टेलिकमको थ्रीजी र फोरजीलाई प्राधिकरणले ब्रोडब्यान्ड इन्टरनेट मानेर यो हिसाब निकालेको हो ।

Global Bank
easy care

प्रकाशित: २० पुष २०७७, सोमबार

ताजा समाचार