उच्च क्षमताको ‘थ्री एनएम’ प्रोसेसरको विकासमा अवरोध

Technology Khabar २० पुष २०७७, सोमबार

उच्च क्षमताको ‘थ्री एनएम’ प्रोसेसरको विकासमा अवरोध

काठमाडौं ।

टीएसएमसी फिनफेट र सामसङ जीएएले उच्च क्षमताको ३एनएम (नानोमिटर) प्रोसेसर टेक्नोलीजीको विकास क्रममा अवरोध भोगेका छन् ।

प्राविधिक समस्या देखिएकाले टीएसएमसी र सामसङले ३एनएम चिपसेटको विकास प्रक्रियालाई केहि समय पछि सारेका छन् ।

टीएसएमसीका अनुसार यसै वर्षदेखि ३एनएमको प्रमाणीकरण र परीक्षण उत्पादन गरिनेछ । तर सन् २०२२ देखि भने वृहत रुपमा उत्पादन गर्ने टीएसएमसीले जानकारी दिएको छ ।

एप्पलले पहिले नै टीएसएमसीसँग ३एनएम चिप प्रयोग गर्ने सम्झौता गरिसकेको छ । सम्भवत ३एनएम चिपसेट एप्पलमै सबैभन्दा पहिले प्रयोग हुनेछ । ३एनएम चिपसेट बजारमा आउने समय लम्बिएमा अझै केहि समय ५एनएम चिपकै बजार रहनेछ ।

हालका लागि भने इन्टेलको उन्नत प्रोसेसर भनेको १० एनएम हो । यो ढिलाईले इन्टेलले पनि आफ्नो चिपसेटलाई परिस्कृत गर्ने पर्याप्त समय पाउनेछ । हाल सिमित हाइएन्ड फ्ल्यागसिप फोनमा मात्र ५एनएम प्रोसेसर छ ।

ताइवानी उत्पादकका अनुसार ५एनएम प्रोसेसरको तुलनामा ३एनएम प्रोसेसरको क्षमता १० देखि १५ प्रतिशत धेरै हुन्छ । साथै यसले २० देखि २५ प्रतिशतसम्म ऊर्जा बचत गर्छ । एजेन्सी

easy care

प्रकाशित: २० पुष २०७७, सोमबार