Technology Khabar १९ पुष २०७७, आईतवार
सिटिजन्स बैंकले काठमाडौं र इलाममा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले काठमाडौं चोभारमा र इलामको चिसोपानी, पञ्चमीबजारमा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो ।
बैंकले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ सेवा विस्तार गरेको छ ।
उक्त स्थानहरुमा सेवा संचालनका लागि स्थानीय सुरेन्द्र केसी, काठमाडौं र राममाया सम्बाम्फे, इलामलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ।
प्रकाशित: १९ पुष २०७७, आईतवार