आईफोन १२ प्रो म्याक्सको तुलनामा शाओमी एमआई ११ मा तीब्र गतिको इन्टरनेट सपोर्ट

Technology Khabar १९ पुष २०७७, आईतवार

आईफोन १२ प्रो म्याक्सको तुलनामा शाओमी एमआई ११ मा तीब्र गतिको इन्टरनेट सपोर्ट
Classic Tech

आईफोन १२ प्रो म्याक्सको तुलनामा शाओमी एमआई११ मा इन्टरनेटको गति तीब्र देखिएको छ । शाओमीले एमआई ११ र आईफोन १२ प्रो म्याक्स स्मार्टफोनको वाईफाई गतिको तुलनात्मक परिणाम प्रकाशित गरेको छ ।

उक्त रिर्पोटमा आईफोन १२ प्रो म्याक्सको तुलनामा शाओमी एमआई११ मा इन्टरनेटको गति तीब्र देख्न सकिन्छ ।

यस परीक्षणका लागि वाईफाई ६ई सर्पोट गर्ने फ्ल्यागसिप शाओमी एक्स६००० राउटर प्रयोग गरिएको रिपोर्टमा उल्लेख गरिएको छ।

एक्स६००० वाइफाई राउटरमा मा ५१२ एमबी र्याम छ । परीक्षणको क्रममा उक्त राउटरमा २४८ डिभाइस जडान गरिएको थियो । उक्त डिभाईसमा ८०० एमबीपीएस ब्याण्डविथ दिइएको थियो ।

सो परीक्षण फुटबल मैदानमा आयोजना गरिएको थियो र वाईफाई राउटरलाई मैदानको मध्य भागमा राखिएको थियो । शाओमी एमआई ११ र आईफोन १२ प्रो म्याक्सलाई समान दुरीमा राखेर परीक्षण गरिएको थियो ।

उक्त परीक्षण तीन चरणमा गरिएको हो । क्रमिक रुपमा स्मार्टफोनलाई विस्तारै अधिक दूरीमा सार्दा शाओमी एमआई ११ ले बलियो सिग्नल समात्नुका साथै आईफोन १२ प्रो म्याक्स भन्दा छिटो गतिमा इन्टरनेट चलेको थियो । उक्त दुई फोनबीचको क्षमता परीक्षणको भिडियो पनि शाओमीले सार्वजनिक गरेको छ ।

धेरै डिभाइस जोडिएको वाईफाई नेटवर्कमा पनि एमआई११ ले उपभोक्तालाई उच्च गतिको इन्टरनेट प्रदान गर्ने उक्त भिडियोमा देख्न सकिन्छ ।

चीनमा सन् २०२१ को जनवरी १ गतेदेखि शाओमी एमआई ११ को बिक्री सुरु भइसकेको छ । एएक्स६००० राउटर पनि जनवरी ८ मा सार्वजनिक हुँदैछ ।

नेपाली बजारमा एमआई ११ स्मार्टफोन आउनसक्ने संभावना रहेको छ किनकी बजारमा हाल एमआई १० स्मार्टफोन पनि उपलब्ध रहेको छ । तर कहिले आउँछ भन्ने कुनै जानकारी छैन् ।

शाओमी एमआई११ को फिचर

यसमा ६.८१ इन्च (३२००x१४४० पिक्सेल) क्वाड एचडी प्लस एमोलेड २०ः९ एचडीआर १० प्लस डिस्प्ले छ । उक्त डिस्प्लेमा १२० हर्ज रिफ्रेस रेट, १५००निट (एचबीएम)स ९००निट (टीवाइपी) ब्राइटनेस, ५००००००ः१ (मिन) कन्ट्रास रेसियो, एमइएससी, १०० प्रतिशत डीसीआई–पी३ कलर गम्ट, कोर्निङ गोरिल्ला ग्लास भिक्टस प्रोटेक्सन राखिएको छ।

फोनमा अक्टाकोर स्न्यापड्रागन ८८८ फाइभ एनएम मोबाइल प्लेटफर्ममा आधारित ६६० जीपीयू प्रोसेसर छ । ८ जीबी एलपीपीडीडीआर५ ३२०० मेगाहर्ज र्याम र १२८ जीबी स्टोर छ साथै २५६ जीबी यूएफएस ३.१ स्टोरेज छ । अर्को फोन १२ जीबी ३२०० मेगाहर्ज एलपीपीडीडीआर५ र्याम र २५६ जीबी यूएफएस ३.१ स्टोरेज छ । डुअल सिम (नानो प्लस नानो) । एमआइयूआइ एन्ड्रोइड ११ अपरेटिङ सिस्टम छ ।

फोनमा फोटोग्राफिको लागि १०८ मेगापिक्सेलको मेन क्यामराका साथै सेल्फीका लागि २०मेगापिक्सेलको क्यामरा रहेको छ ।

यसरी गरिएको थियो परीक्षण-

TK Viber

प्रकाशित: १९ पुष २०७७, आईतवार

Loading...