उच्च तहका दुई नयाँ मेटबुक ल्याउँदै ह्वावे

Technology Khabar १९ पुष २०७७, आईतवार

उच्च तहका दुई नयाँ मेटबुक ल्याउँदै ह्वावे
Classic Tech

ह्वावेले नयाँ नोटबुक बजारमा ल्याउने भएको छ । ह्वावेले दुई वटा मेनस्ट्रिमका हाईइन्ड मोडल, मेटबुक १३/१४ सिरिज बजारमा ल्याउने भएको हो ।

अमेरिकाको प्रतिबन्धका कारण ह्वावेको स्मार्टफोनले समस्या भोगिरहेको छ । कम्प्युटर बजारमा भने त्यसको खासै प्रभाव देखिएको छैन । पछिल्ला केहि महिनादेखि ह्वावेले आफ्नो ध्यान कम्प्युटर बजारमा केन्द्रित गरिरहेको छ।

हालसम्म नयाँ मेटबुकको धेरै जानकारी बाहिरिएको छैन । रिर्पोटका अनुसार ह्वावेले मेटबुक १३/१४ सिरिजको डिजाइनलाई नै अघि बढाउनेछ । त्यसमा थप अपग्रेडकोरुपमा ११ जेनेरेसन कोर र एमएक्स ४५० हुनेछ।

साथै ह्वावेले डेस्कटपका लागि एप स्टोर पनि निर्माण गरिरहेको छ । केहि समय अघि ह्वावेले पीसी एप स्टोर सार्वजनिक गरेको थियो । बजारमा माइक्रोसफ्टको आधिकारीक एप पनि छ।

तर धेरै सफ्टवेयर आधिकारीक वेबसाइटबाट नै डाउनलोड गर्नुपर्ने हुन्छ।

अनजानमा धेरैले गलत वेबसाइटमार्फत अन्य सफ्टवेयर डाउनलोड गर्न बाध्यछन् । ह्वावेको नयाँ एप स्टोरले पीसीमा एप डाउनलोड गर्न मद्दतकारी हुने विश्वास लिन सकिन्छ ।

TK Viber

प्रकाशित: १९ पुष २०७७, आईतवार

Loading...