सामसङ ग्यालेक्सी एस२० को तुलनामा ग्यालेक्सी एस२१ को ब्याट्री ब्याकअप ३५ प्रतिशतले बढि

Technology Khabar १९ पुष २०७७, आईतवार

सामसङ ग्यालेक्सी एस२० को तुलनामा ग्यालेक्सी एस२१ को ब्याट्री ब्याकअप ३५ प्रतिशतले बढि

काठमाडौं ।

दक्षिण कोरियाली कम्पनी सामसङले ल्याउन लागेको नयाँ फ्ल्यागशिप फोन सामसङ ग्यालेक्सी एस२१ को ब्याट्री पर्फमेन्स उच्च हुने बताईएको छ।

कम्पनीका अनुसार ग्यालेक्सी एस२० को तुलनामा ग्यालेक्सी एस२१ को ब्याट्री पर्फमेन्स ३५ प्रतिशतभन्दा धेरै हुनेछ । नयाँ फ्ल्यागसिप मोडल स्न्यापड्रागन र एक्सनोज भेरियन्टमा सार्वजनिक गरिनेछ।

रिर्पोटका अनुसार सामसङको एस सिरिज ग्यालेक्सी एस२१, ग्यालेक्सी एस२१ प्लर र ग्यालेक्सी एस२१ अल्ट्रामा सार्वजनिक हुनेछ।

ग्यालेक्सी एस२० मा ४,००० एमएएचको ब्याट्री छ । यो फोनले २५ वाटको फास्ट चार्जिङ सर्पोट गर्छ । फुल प्रयोगमा यसको ब्याट्री १० देखि १२ घण्टासम्म टिक्छ।

रिर्पोटका अनुसार ग्यालेक्सी एस२१ मा पनि ४,००० एमएएचकै ब्याट्री हुनेछ । तर यसको ब्याट्री ब्याकअप १३ देखि १५ घण्टाको हुनेछ। एजेन्सी

easy care

प्रकाशित: १९ पुष २०७७, आईतवार

ताजा समाचार