नयाँ वर्षको पूर्वसन्ध्यामा ह्वाट्सएपबाट १४० करोड भन्दा धेरै भ्वाइस र भिडियो कल, गत वर्षको तुलनामा ५० प्रतिशत बढि

Technology Khabar १९ पुष २०७७, आईतवार

नयाँ वर्षको पूर्वसन्ध्यामा ह्वाट्सएपबाट १४० करोड भन्दा धेरै भ्वाइस र भिडियो कल, गत वर्षको तुलनामा ५० प्रतिशत बढि
Classic Tech
Nepal Telecom

नयाँ वर्ष २०२१ को पूर्व सन्ध्यामा ह्वाट्सएपको व्यापक प्रयोगे छ । फेसबुकले दिएको जानकारी अनुसार ह्वाट्सएपको प्रयोगकर्ताले नयाँ वर्षको पूर्व सन्ध्यामा १४० करोड पटकभन्दा धेरै भ्वाइस र भिडियो कल गरेका छन् ।

ह्वाट्सएप प्लेटफर्ममा एक दिनको अवधिमा गरिएको भ्वाइस र भिडियो कल हालसम्मको धेरै हो । ह्वाट्सएपका संसारभर दुई अर्बभन्दा धेरै एक्टिभ प्रयोगकर्ता छन् ।

यो संसारको सबैभन्दा धेरै प्रयोग गरिने म्यासेजिङ एप हो ।

ह्वाट्सएपका अनुसार यो डाटा गतवर्षको तुलनामा ५० प्रतिशतले बढि हो ।

कोभिड–१९ का कारण ह्वाट्स एप लगायत म्यासेजिङ एपको प्रयोगमा बढोत्तरी भएको छ । कोभिडका कारण धेरै मानिस घर भित्रै बस्न बाध्य छन् । आफन्त तथा प्रियजनसँग सम्पर्क गर्न ह्वाट्स एपको प्रयोग हुने गरेको छ । २०२० मा भिडियो कलिङ एपको लोकप्रियता चुलिएको छ ।

TK Viber

प्रकाशित: १९ पुष २०७७, आईतवार

Loading...