फिचर फोनहरुमा समेत फोरजी भोल्टेको परीक्षण गर्दै नेपाल टेलिकम

Technology Khabar १९ पुष २०७७, आईतवार

फिचर फोनहरुमा समेत फोरजी भोल्टेको परीक्षण गर्दै नेपाल टेलिकम

काठमाडौं ।

नेपाल टेलिकमले फिचर फोनहरुमा समेत फोरजीमा आधारित भ्वाइस कलको परीक्षण गर्ने भएको छ।

कम्पनीले भोल्टे भनेर चिनिने भ्वाइस ओभर लंग टर्म इभोलुसन (VoLTE) सेवाको परीक्षण गर्ने भएको हो ।

सरकारी दूरसञ्चार कम्पनी टेलिकमले देशभर नै फोरजी सेवा बिस्तार गरेसँगै त्यसको उपयोग बढाउनका लागि विभिन्न कार्यहरु गरिरहेको छ । यसै सिलसिलामा टेलिकमले फिचर फोनहरुमा समेत भोल्टे प्रयोग गर्न सकिने नसकिने बारेमा परीक्षण गर्न लागेको हो ।

यसको लागि कम्पनीले ईच्छुक मोबाइल ब्राण्डहरुलाई सहभागी हुन आग्रह गर्दै सार्वजनिक टेण्डर जारी गरेको छ । जसमा आपूर्तिकर्ताहरुले जीएसएम फिचर फोन उपलब्ध गराउनुपर्नेछ । जसमा भोल्टेको फिचर राखिएको हुनुपर्नेछ।

कम्पनीले यसको लागि योग्य आवेदकहरुले आवेदन दिनसक्ने बताएको छ तर त्यसको योग्यता भने खुलाएको छैन् ।

केहि दिनअघि पनि कम्पनीले स्मार्टफोनहरुमा विभिन्न फोरजी फ्रिक्वेन्सी ब्याण्ड परीक्षण गर्नको लागि मोबाइल ब्राण्डहरुसँग आव्हान गरेको थियो । विशेषगरि कम्पनीले फोरजी सेवाको ८०० मेगाहर्ज ब्याण्ड, १८०० मेगाहर्ज ब्याण्डलाई ध्यानमा राखेर डिभाइसहरुमा त्यसको पहुँच र गुणस्तरको परीक्षण गर्न लागेको छ ।

छिमेकी मुलुक भारतमा समेत रिलायन्स जियोले यस्तै फिचर फोनहरुमा नै भोल्टे सुबिधासहित सेवा उपलब्ध गराउँदै आएको छ । जियोले आफ्नै फिचर फोन जियो फोनमार्फत यस्तो सुबिधा दिने गरेको छ।

विकिपिडियाकाअनुसार भ्वाइस ओभर लंग टर्म इभोलुसन (भोल्टे) मोबाइल फोन र डाटा टर्मिनलहरूको लागि उच्चस्पीड वायरलेस संचार मानक हो, इन्टरनेट अफ थिङ्गस् उपकरणहरू र वेयरेबल डिभाइसहरू सहित। भोल्टेमा पुरानो थ्रीजी भन्दा तीन गुणा बढी आवाज र डाटा क्षमता छ भने २जी भन्दा ६ गुणा बढी छ। यसले कम ब्यान्डविथ प्रयोग गर्दछ किनभने भोल्टेको प्याकेट हेडरहरू अनप्टिमाइज्ड भीओआईपी र एलटिई भन्दा सानो छन्। भोल्टे कलहरू सामान्यतया अन्य कलहरूको समान दरमा चार्ज हुन्छन्।

भोल्टेले उत्कृष्ट आवाज प्रदान गर्दछ र तपाईंलाई इन्टरनेट ब्राउज गर्न र कलमा हुँदा डाटामा आधारित एप्स प्रयोग गर्न अनुमति दिनेछ।

नेपाल टेलिकमले अब मोबाइल सेटहरुमा नै फोरजी सेवाको परीक्षण गर्ने

easy care

प्रकाशित: १९ पुष २०७७, आईतवार