Technology Khabar १८ पुष २०७७, शनिबार
रूसी लक्जरी ब्रान्ड क्याभियर सीमित संस्करण स्मार्टफोनहरू र अन्य ग्याजेटहरू कस्टमाइज गरेर बिक्री गर्नका लागि परिचित छ। क्याभियारले केही महँगा लक्जरी सामग्रीहरू सहित जसमा सुन, हीरा र गोहीको छालासहित प्रायः महँगो ब्रान्ड ग्याजेटहरू कस्टमाइज गरिरहेको छ ।
अहिले क्याभियरले नयाँ साल २०२१ को लागि यसको ४ नयाँ कस्टमाइज्ड उत्पादनहरूको सूची जारी गरेको छ। यसको सूचीमा सोनी प्लेस्टेशन ५ पनि परेको छ। क्याभियरद्वारा बनाईएको सोनी प्लेस्टेशन ५ गोल्डन रक संस्करण धेरै चर्चा गरिएको कन्सोलको सीमित संस्करण हो जुन १८ क्यारेट सुनले कभर हुनेछ। प्लेस्टेशन ५ डुअलसेन्स कन्ट्रोलरकलाई मिल्दो सुनौलो कलरमा परिवर्तन गरिएको छ।
सोनी पिएस५ गोल्डन रक संस्करणको बारेमा कुरा गर्दा त्यहाँ कुनै तलमाथि परिवर्तन वा संशोधन गरीएको छैन। सोनी पिएस५ गोल्डन रक संस्करण नियमित एक्छ पिएस५ जस्तै समान कार्य गर्न सक्छ। तर यसको बाहिरी कभरलाई भने सुनद्धारा तयार पारिनेछ । हाल भनिएको छ कि २० किलोग्राम शुद्ध सुन सोनी प्लेस्टेशन ५ गोल्डन रक एडिशनको कन्सोलको डिजाईन बनाउन प्रयोग गरिनेछ।
म्याचिङ्ग गोल्डन ईन्सर्टहरूका साथमा सोनी प्लेस्टेशन ५ कन्ट्रोलरमा गोहीको छालाबाट तयार गरिएको ग्रिप्स पनि मिल्नेछ । एकै साथ, यस्तो महँगो कस्टमाइजेसन पछि, यो उत्पादन एकदम महँगो हुने अनुमान गरिएको छ। हाल, सोनी प्लेस्टेशन ५ गोल्डन रक संस्करण ग्याजेटको लागि कुनै मूल्य निर्धारण गरिएको छैन। तर कन्सोलमा प्रयोग गरिएको सुनलाई विचार गर्दा यसको मूल्य करिब १३ करोड हाराहारी हुने अनुमान गरिएको छ।
प्रकाशित: १८ पुष २०७७, शनिबार