डाटा सेन्टर अपरेटरहरू नयाँ सीपीयूको साथ ‘लिक्विड कूलिङ्ग सलुसन’ मा ध्यान दिँदै

Technology Khabar १८ पुष २०७७, शनिबार

डाटा सेन्टर अपरेटरहरू नयाँ सीपीयूको साथ ‘लिक्विड कूलिङ्ग सलुसन’ मा ध्यान दिँदै
Classic Tech
Nepal Telecom

इंटेल र एएमडीले सन् २०२१ को पहिलो त्रैमासमा आफ्नो अर्को पुस्ताको सर्भर सीपीयू जारी गर्ने अपेक्षा गरिएको छ ।

यूएस- र युरोपमा आधारित डाटाबेस अपरेटरहरूले नयाँ प्रणालीहरूको लागि लिक्विड कूलिङ्ग समाधान अपनाउनको लागि आफ्नो गतिलाई तीब्र पारेकाे आपूर्ति स्रोतलाई उल्लेख गर्दै डिजिटाइम्सले जनाएको छ ।

इंटेलको अर्को पुस्ताको आईस लेक प्रोसेसरहरू विद्यमान कूपर लेक-पी सीपीयूको तुलनामा सुधारिएको कम्प्युटिङ्ग क्षमताको साथ आउनेछ, तर उनीहरूको थर्मल डिजाइन शक्ति, २५०-३०० वाटको बीचमा हुने अपेक्षित छ । यो अहिलेको कूपर लेक-पी प्लेटफर्मको १५०-२५० वाटको भन्दा पनि धेरै माथि हो ।

एएमडीको तेस्रो जेनरेशनको ईपिवाईसी प्रोसेसरहरु जसलाई कोडनाम मिलान दिईएको छ सो प्रोसेसरमा पनि अघिल्लो पुस्ताको सीपीयूहरुको तुलनामा १५ देखि २० प्रतिशत प्रदर्शन सुधार हुनेछ, स्रोतले भन्यो।

एएमडीको इन्स्टिन्ट एमआई १००एचपीसी जीपीयू (Instinct MI100 HPC GPU) एक्सिलरेटरको साथ उच्च परफरमेन्स कम्प्युटिङ्ग प्रणालीहरूमा सीपीयूलाई संयोजन गर्दा यसको प्रदर्शनमा थप सुधार गर्न सकिन्छ। यद्यपि फ्ल्यागशिप प्रोसेसर (EPYC 63 7763) को थर्मल डिजाईन पावर २८० वाटसम्म पुगेको छ।

एनभिडियाको एम्पीयर-आधारित ए१०० जीपीयू (A100 GPU) ले पनि भोल्टा आर्टिटेक्चरमामा आधारित अघिल्लो जेनेरेसनको उत्पादनको तुलनामा २० गुणा प्रदर्शनमा बृद्धि भएको छ, तर जीपीयूको टिडिपी (TDP) ४०० वाटमा छ।

गुगलले लिक्विड कुलिङ्ग टेक्नोलोजीको विकासलाई जोड दिइरहेको छ, जबकि अलीबाबाले यसका केही डाटासेटरहरूमा लिक्विड कुलिङ्ग सलुसनहरु अपनाइसकेको स्रोतहरूले उल्लेख गरे।

माइक्रोसफ्ट र फेसबुकले अझै पनि इमर्सन लिक्विड कुलिङ्ग सलुसनको लागि अवधारणालाई प्रमाणित गरिरहेका छन् र ती २०२१ मा लागू गर्न सुरु हुनेछन्, स्रोतहरूले भने।

डाटासेन्टर अपरेटरहरूले तरल परिसंचरण समाधानको अपनत्व दर कम स्थापना लागतका कारण द्रुत गतिमा बढ्ने अपेक्षा गरिएको छ, स्रोतहरूले भने।

TK Viber

प्रकाशित: १८ पुष २०७७, शनिबार

Loading...