सामसङ इलेक्ट्रोनिक्सका उपाध्यक्ष जे वाई लीलाई ९ वर्षको जेल सजाय

Technology Khabar १८ पुष २०७७, शनिबार

सामसङ इलेक्ट्रोनिक्सका उपाध्यक्ष जे वाई लीलाई ९ वर्षको जेल सजाय

काठमाडौं ।

सामसङ इलेक्ट्रोनिक्सका उपाध्यक्ष जे वाई लीलाई ९ वर्षको जेल सजाय तोकिएको छ । घूस दिएको आरोपमा ली लाई ९ वर्षको जेल सजाय दिइएको हो ।

सामसङका पूर्व अध्यक्ष पार्क गुएन हाइको पनि यहि अभियोगका कारण पतन भएका थिए । सामसङ दक्षिण कोरियाको सबैभन्दा ठूलो परिवारिक स्वामित्व भएको कम्पनी हो ।

कोरियामा सामसङको विरासत यति ठूलो छ कि कोरियाका व्यापारिक घराना सामसङ र गैर सामसङमा विभाजित छन् । अन्तिम फैसला जनवरी १८ को लागि तोकिएको छ ।

घूसखोरी मामला र लीको संलग्नता रहेको अन्य मामलाबाट छुटाइएको छ । उनी माथि लेखा परीक्षणमा जालसाझी गरेको, सेयर मूल्य हेरफेर गरेको आरोप पनि छ । उक्त आरोपको सम्बन्धमा सुनुवाई अक्टोबरमा हुनेछ ।

यो घूस प्रकरण सन् २०१७ मा बाहिर आएको थियो । तत्कालिन समयमा लीले पार्क र उनको घनिष्ठ साथी चोई सून सिलाई घूस दिएको आरोप छ ।

तत्कालिन समयमा उनलाई पाँच वर्षको जेल सजाय सुनाइएको थियो । उनको बुवा गुएन हाइको अधिनमा रहेको सामसङको उत्तराधिकार आफ्नो अधिनमा पार्न उनले सरकारी सहयोग जुटाउन घूस दिइएको आरोपमा उल्लेख छ।

अवैध भुक्तानी र भ्रष्टाचारका कारण पार्कलाई २५ वर्षको जेल सजाय सुनाइएको थियो । सन् २०१८ मा उनको अपिललाई स्विकार गर्दै अदालतले सजाय घटाइ जेल मुक्त भएका थिए । त्यसपछि ली सामसङ डे फ्याक्टोको प्रमुखका रुपमा कार्यरत थिए ।

सन् २०१९ मा सूप्रिम कोर्टले अदातलको अपिल खारेज गरेको थियो । त्यो अदालतको उदार व्यवहार थियो । अहिले भने सूप्रिम कोर्टले सियोल उच्च अदालतमा पुन पेसी तोकेको छ । एजेन्सी

easy care

प्रकाशित: १८ पुष २०७७, शनिबार

ताजा समाचार