लोमस फर्मास्युटिकल्सद्धारा पशुपति क्षेत्र विकास कोषलाई स्वास्थ्य सूरक्षा सामग्री प्रदान

Technology Khabar १७ पुष २०७७, शुक्रबार

लोमस फर्मास्युटिकल्सद्धारा पशुपति क्षेत्र विकास कोषलाई स्वास्थ्य सूरक्षा सामग्री प्रदान
Classic Tech
Nepal Telecom

लोमस फर्मास्युटिकल्स प्रा.ली.ले आज पशुपति क्षेत्र विकास कोषलाई स्वास्थ्य–सूरक्षा सामाग्री प्रदान गरेको छ ।

कम्पनीका ह्याण्ड एक्स स्यानिटाईजर विभागका निर्देशक प्रणवजंग पाण्डेले कोषका सदस्यसचिव डा. प्रदीप ढकाल र कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडालाई उक्त सामाग्री प्रदान गरेका हुन् । कोभिड–१९ को जोखिम कायमै रहेकोले र पाशुपत क्षेत्रमा भीडभाड हुने भएकोले आफूहरुले स्यानिटाईजर प्रदान गरेको पाण्डेले जानकारी दिए ।

यसअघि पनि आफूहरुले विभिन्न संघ/संस्थाहरुलाई सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य–सूरक्षा सामाग्री प्रदान गरिसकेको पाण्डेको भनाई छ । उनले आगामी दिनमा आफूहरुले कोषसँग सहकार्य गर्दै आवश्यकताअनुसार सामाग्रीहरु उपलब्ध गराउने विश्वास दिलाए ।

कोषका सदस्यसचिव ढकाल र कार्यकारी निर्देशक खतिवडाले आवश्यक स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेकोमा लोमस फर्मास्युटिकल्स प्रा.ली.लाई धन्यवाद दिएका थिए ।

TK Viber

प्रकाशित: १७ पुष २०७७, शुक्रबार

Loading...