सोनीको नयाँ प्लेस्टेसन फेब्रुअरी २ मा भारतमा उपलब्ध हुने, हालसम्म ३.४ मिलियन युनिटभन्दा धेरै बिक्री

Technology Khabar १७ पुष २०७७, शुक्रबार

सोनीको नयाँ प्लेस्टेसन फेब्रुअरी २ मा भारतमा उपलब्ध हुने, हालसम्म ३.४ मिलियन युनिटभन्दा धेरै बिक्री
Classic Tech

सोनीले भारतमा प्लेस्टेसन ५ सार्वजनिक गर्ने भएको छ । सोनीले आफ्नो ट्वीटर ह्यान्डमा पोष्ट गर्दै भारतमा प्लेस्टेसन ५ सार्वजनिक गर्ने जानकारी दिएको हो ।

नेक्स्ट जेनेरेसनको गेमिङ कन्सोल आधिकारीक रुपमा भारतमा सन् २०२१ फेब्रुअरी २ मा सार्वजनिक गरिने छ । प्लेस्टेसन ५ विभिन्न अनलाईन प्लेटफर्ममा उपलब्ध हुनेछ ।

भिडियो गेमका शौखिनले अमेजन, फ्लिपकार्ट, क्रोमा, रिलायन्स डिजिटल, गेम्स द सोप, सोप एट सोनी सेन्टर, विजय सेल्स् र आधिकारीक रिटेल पार्टनबाट अग्रिम अर्डर गर्न सकिन्छ । अग्रिम अर्डरका लागि सन् २०२१ जनवरी १२ गतेदेखि खुल्ला गरिनेछ ।

प्लेस्टेसन ५ को सुरुवाती मूल्य १२ सय ३१ अमेरिकी डलर तोकिएको छ । सोनी प्लेस्टेसन तीन महिना अघि जापान र अमेरिकामा सार्वजनिक भईसकेको छ । यो अवधिमा सोनी प्लेस्टेसन ३.४ मिलियन युनिटभन्दा धेरै बिक्री भइसकेको छ । एजेन्सी

TK Viber

प्रकाशित: १७ पुष २०७७, शुक्रबार

Loading...