सिद्धार्थ ग्रुपको सेवा अब हेटौंडामा समेत बिस्तार

Technology Khabar १७ पुष २०७७, शुक्रबार

सिद्धार्थ ग्रुपको सेवा अब हेटौंडामा समेत बिस्तार

देशैभर होटेल, रिसोट, रेष्टुरेन्ट र क्याफेहरु संचालन गर्दै आएको सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले नया बर्ष २०२१को सुरुवात संगै हेटौंडामा पनि सेवा बिस्तार गरेको छ ।

हेटौडामा संचालनमा रहेको होटेल सामनासंग व्यवस्थापकीय साझेदारी गरेर सिद्धार्थ ग्रुपले तीन तारे स्तरको होटेल सुरु गरेको हो ।

बाग्मती प्रदेशको राजधानीको रुपमा रहेको हेटौडामा गुणस्तरिय हस्पिटालिटी सेवा प्रदान गर्ने लक्ष्यका साथ सिद्धार्थ ग्रुपले सेवा बिस्तार गरेको हो ।

सिद्धार्थ ग्रुपले व्यवस्थापकीय साझेदारी गरेर संचालनमा ल्याएको सामना होटेलमा ५८ वटा सुविधा युक्त कोठा, तालिम र पार्टीका लागि ३ वटा सभा हल, रेष्टुरेन्ट, बार, क्याफे, प्राइभेट डाइनिङ रुम स्वमिङ पुल लगायतका सुबिधाहरु छन ।

होटेल, रिर्सोट, रेष्टुरेन्ट, बेकरी, क्याफे, होटल म्यानेजमेन्ट इष्टिच्यूट, जस्ता हस्पिटालिटी क्षेत्रका व्यवसायहरुको नेटवर्क बनाएर सिद्धार्थ ग्रुपले पश्चिम नेपालको प्रमुख शहर महेन्द्रनगरदेखि पुर्बको शहर बिर्तामोडमा शाखाहरु संचालन गर्दै आएको छ ।

ग्रुपले कैलालीको टिकापुर, कर्णाली चिसापानी, नेपालगन्ज, सुर्खेत, बुटवल, चितवनको चुम्लिङटार, काठमान्डौको बौद्ध , बानेश्वर, धोबीघाट, तीनकुने, सुन्धारा हुदै पुर्बी नेपालको बिर्तामोड गरी २८ वटा शाखा मार्फत गुणस्तरिय हस्पिटालिटी सेवा प्रदान गर्दै आएको छ ।

सिद्धार्थ ग्रुपले आफ्नो शाखा नभएका प्रमुख शहरहरुमा पनि त्यहाका व्यवसायीहरुसंग व्यवस्थापकिय सहकार्य गरेर सेवा विस्तार गर्दै आएको छ ।

सिद्धार्थ ग्रुपले व्यवस्थापकीय साझेदारी गरेर शाखा बिस्तार गरेको यो तेस्रो शाखा हो । निकट भबिश्य मै कपिलबस्तुको चन्द्रौटामा पनि शाखा बिस्तार गर्ने तयारी गरिरहेको छ ।

सिद्धार्थ ग्रुपले नेपालगन्जमा चारतारे होटल सञ्चालन गरिरहेको छ भने काठमान्डौको बौद्धमा केहि दिन मै चारतारे होटेल संचालनमा ल्याउदै छ । त्यसै गरी भैरहवामा ठुलो लगानीमा पाच तारे होटल निर्माण गरि रहेको छ ।
सिद्धार्थ ग्रुपले हेटौंडामा सेवा बिस्तार गरेसंगै हेटौडाको पर्यटन प्रबद्र्धनमा समेत योगदान पुराउने लक्ष्य राखेको सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए।

हेटौडाको शहिद स्मारक पार्क, मकवानपुरगढी, शालक पार्क, चिसापानी गढी, गुम्बा डाडा, भैरब डाडा भ्यु टावर, चुरे स्थित दक्षिण एशिया कै पहिलो सुरुङ मार्ग र पर्सा राष्ट्रिय निकुन्ज, स्वदेशी तथा बिदेशी पर्यटकहरुका लागि आकर्षणका केन्द्रहरु हुन ।

त्यसैगरी हेटौंडा धार्मिक पर्यटकहरुका लागि पनि आकर्षक गन्तब्य हो । हेटौडा क्षेत्रमा, वनशखण्डी मन्दिर भुटनदेवि माई मन्दिर, चुरियामाई मन्दिर, पाथीभरा माता मन्दिर त्रिवेणी धाम लगायतका प्रसिद्ध धार्मिक स्थलहरु छन ।

TK Viber

प्रकाशित: १७ पुष २०७७, शुक्रबार

Loading...