दुई सातामै ९ हजार अमेरिकी डलरले बढ्यो बिटक्वाइनको मूल्य

Technology Khabar १७ पुष २०७७, शुक्रबार

दुई सातामै ९ हजार अमेरिकी डलरले बढ्यो बिटक्वाइनको मूल्य

काठमाडौं ।

क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्यले नयाँ किर्तिमान कायम गरेको छ। बिहीबार बिटक्वाइनको मूल्य २९ हजार अमेरिकी डलरभन्दा माथि पुगेको हो । सन् २०२० मा बिटक्वाइनको मूल्य चार गुणाले बढेको छ।

विश्वकै सबैभन्दा चर्चित क्रिप्टोकरेन्सी बिटक्वाईनको मूल्य बिहीबार २९ हजार ३०० अमेरिकी डलरसम्म पुगेको थियो । शुक्रबार १२ः३० सम्म बिटक्वाइनको मूल्य २९ हजार २०४ अमेरिकी डलर रहेको छ ।

सन् २०२० को डिसेम्बर १६ सम्म बिटक्वाइनको मूल्य २० हजार अमेरिकी डलर रहेको थियो । दुई साताको अवधिमा यसको मूल्य झण्डै आधाले बढेको छ । कोभिड–१९ का कारण अन्य लगानीका क्षेत्रहरु घट्दै गइरहेका छन् ।

मानिसहरुले आफूसँग रहेको सम्पत्ति बिटक्वाइनमा लगानी गर्दा यसको मूल्य आकासिएको हो ।

नेपालमा बिटक्वाइनको कारोबारले मान्यता पाएको छैन । बिटक्वाइनको कारोबार नेपालमा गैरकानुनी रहेको छ। एजेन्सी

Global Bank
easy care

प्रकाशित: १७ पुष २०७७, शुक्रबार