फिटनेस ब्याण्ड उत्पादन गर्दै वानप्लस, मूल्य ४० अमेरिकी डलर हुने

Technology Khabar १७ पुष २०७७, शुक्रबार

फिटनेस ब्याण्ड उत्पादन गर्दै वानप्लस, मूल्य ४० अमेरिकी डलर हुने

काठमाडौं ।

चिनियाँ कम्पनी वानप्लसले फिटनेस ब्याण्ड बजारमा ल्याउने भएको छ । वानप्सलले सस्तो मूल्यको फिटनेस ब्याण्ड उत्पादनतर्फ काम गरिरहेको छ ।

वानप्लसले आफ्नो पहिलो फिटनेस ट्रयाकर सन् २०२१ मा सार्वजनिक गर्ने योजना बनाएको छ । फिटनेस ब्याण्डको मूल्य बजेट मैत्री छ।

जिएसएमएरिनाका अनुसार वानप्लस फिटनेस ब्याण्डको मूल्य ४० अमेरिकी डलर हुनेछ । सम्भवत सन् २०२१ को मार्चसम्ममा फिटनेस ट्रयाकर सार्वजनिक हुनेछ ।

फिटनेस ट्रयाकरमा एमोलेड टच प्यानल, मल्टी–ड ब्याट्री लाइफ, वाटर रेसिस्सटेन्ट लगायत फिचर पाउन सकिनेछ ।

यो नयाँ ब्याण्डका साथमा वानप्लसले बजारमा शाओमीको ब्याण्डलाई टक्कर दिने योजना लिएको छ।

Global Bank
easy care

प्रकाशित: १७ पुष २०७७, शुक्रबार

ताजा समाचार