शाओमी एमआई ११ को बिक्री खुल्ला, ५ मिनेटमै बिक्यो साढे तीन लाख युनिट

Technology Khabar १७ पुष २०७७, शुक्रबार

शाओमी एमआई ११ को बिक्री खुल्ला, ५ मिनेटमै बिक्यो साढे तीन लाख युनिट
Classic Tech

शाओमीको नयाँ स्मार्टफोन एमआई ११ जनवरी १ देखि बिक्री सुरु भएको छ । शाओमीले सन् २०२१ को पहिलो फ्लागसिप फोनको रुपमा एमआई ११ सन् २०२० डिसेम्बर २८ मा सार्वजनिक गरेको थियो।

आजदेखि शाओमी एमआई ११ लाई उपभोक्ताले खरिद गर्न सक्नेगरी बिक्री खुल्ला गरिएको छ ।

बिक्री सुरु गरिएको पहिलो ५ मिनेटमै साढे तीन लाख युनिटभन्दा धेरै फोन बिक्री भएको कम्पनीले जानकारी दिएको छ । चिनियाँ समयअनुसार रातको १२ बजेदेखि नै एमआई ११को बिक्री खुल्ला गरिएको थियो।

कम्पनीले यो फोन नयाँ वर्षको उपहार स्वरुप ग्राहक माझ ल्याएको दाबी गरेको छ ।

शाओमी एमआई ११ स्न्यापड्रागन ८८८ प्रोसेसर जडित पहिलो स्मार्टफोन हो । स्न्यापड्रागन ८८८ क्वालकमको नयाँ हाइइन्ड चिपसेट हो ।

नयाँ चिपसेट सहित एमआई ११ सिरिज परिष्कृत फिचरमा उपलब्ध छ । यो फोनको क्यामरा क्वालिटीमा सुधार गरिएको छ ।

क्वालकम स्न्यापड्रागन ८८८ प्रोसेसरले गर्दा सीपीयू र आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को पर्फर्मेन्स बेजोड छ । यो चिपसेटमा छैठौं जेनेरेसनको क्वालकम आर्टिफिसियल इन्टिलिजेन्स इन्जिन, तेस्रो जेनेरेसनको एक्स६० ५जी मोडेम–आरएफ सिस्टम र ट्रिप्पल आईएसपी छ ।

शाओमी एमआई ११ स्मार्टफोन १२ जीबी र्याम र २५६ जीबी स्टोरेजमा उपलब्ध छ भने बेस मोडल ८ जीबी र्याम र १२८ जीबी स्टोरेजसहित आएको छ । यो फ्ल्यागसिप फोनमा ४,७८० एमएएचको ब्याट्री रहेको छ।

फोनको क्यामरामा विशेष नाइट भिडियो मोड राखिएको छ । कम प्रकाशमा पनि यसले उत्कृष्ट फोटो खिच्न मद्दत गर्छ । एमआई ११ मा १०८ मेगापिक्सेलको मुख्य क्यामरा छ । प्रो मोड अझै परिस्कृत क्यामरा फिचर सहित उपलब्ध हुने कम्पनीको दाबी छ।

६.७ इन्चको एमोलेड डिस्प्ले उक्त क्यूएचडी प्लस रिसोलुसनले १२० गीगाहर्ज रिफ्रेस रेट दिन्छ । अन्य फिचरका रुपमा फोनमा वाईफाई–६ र एलपीडीडीआर ५ र्याम छ ।

शाओमी एमआई ११ को बक्समा एप्पल आईफोनको अनुशरण गर्दै कम्पनीले चार्जर राखेको छैन । एजेन्सी

TK Viber

प्रकाशित: १७ पुष २०७७, शुक्रबार

Loading...