वैदेशिक रोजगार विभागद्धारा अनलाइनमार्फत पुनः श्रम स्वीकृति दिन शुरु

Technology Khabar १७ पुष २०७७, शुक्रबार

वैदेशिक रोजगार विभागद्धारा अनलाइनमार्फत पुनः श्रम स्वीकृति दिन शुरु

काठमाडौं ।

वैदेशिक रोजगार विभागले आज शुक्रबारदेखि अनलाइनमार्फत पुनः श्रम स्वीकृति दिन शुरु गरेको छ ।

विभागले श्रम स्वीकृति लिएका र पुनः श्रम स्वीकृति लिन चाहने वैदेशिक रोजगारीमा कार्यरत नेपाली नागरिकहरुले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइनमार्फत आवेदन दिएर श्रम स्वीकृति लिन सक्ने व्यवस्था मिलाएको हो ।

शुक्रबारदेखि नै अनलाइन आवेदन भरेर पुनः श्रम स्वीकृति लिन सक्ने व्यवस्था गरिएको विभागले बिहिबार सूचनामार्फत जानकारी दिएको थियो। यो सेवा लागू भएसँगै पुनः श्रम स्वीकृति लिनका लागि विभागको कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुनेछ ।

सूचनाअनुसार एकपटक विभागबाट आईडी लिएका, फिङ्गर प्रिन्ट गराएका, बायोमेट्रिक लिइसकेका व्यक्तिहरुलाई पुरानै विवरणको आधारमा अनलाइनबाटै आवेदन दिएर निःशुल्क सेवा लिन सकिने व्यवस्था गरिएको हो ।

वैदेशिक रोजगारीमा जान एकपटक श्रम स्वीकृति लिइसकेका व्यक्तिहरुले पुनः श्रम स्वीकृति लिनुपरेमा विभागको वेबसाइटमा रहेको अनलाइन श्रम स्वीकृति (एफईआईएमएस) मार्फत फाराम भर्न सक्नेछन् । अनलाइनबाट पुनः श्रम स्वीकृति लिने व्यवस्था गरेपछि विदेशमा बसेका नेपालीहरुलाई श्रम स्वीकृति लिन नेपाल आउनुपर्ने बाध्यता हटनेछ ।

अनलाइन श्रम स्वीकृति (एफईआईएमएस) मार्फत फाराम भर्दा ध्यान दिन समेत विभागले अनुरोध गरेको छ । जसमा  अनलाइन श्रम स्वीकृतिमार्फत फाराम भरेर बुझाउनका लागि अनलाइन ब्रान्च छनौट गर्न, आफ्नो सही मोबाइल नम्बर र इमेल ठेगाना भर्न समेत भनेको छ ।

त्यसैगरि अनलाइन श्रम स्वीकृति प्राप्त भएपछि निवेदकले नै प्रिन्ट गर्न सक्नेछन भने शुल्क रकम समेत अनलाइन भुक्तानी सेवामार्फत गर्न सकिने जनाएको छ ।

easy care

प्रकाशित: १७ पुष २०७७, शुक्रबार

ताजा समाचार

स्मार्ट बोर्डबाट पठनपाठन सुरु

  • Technology Khabar
  • १३ बैशाख २०८१, बिहीबार