भारतीय अपरेटर जियोबाट कुनैपनि स्थानिय नेटवर्कमा नयाँ वर्षदेखि निशुल्क कल

Technology Khabar १६ पुष २०७७, बिहीबार

भारतीय अपरेटर जियोबाट कुनैपनि स्थानिय नेटवर्कमा नयाँ वर्षदेखि निशुल्क कल

काठमाडौं ।

भारतीय मोबाइल क्यारियर रिलायन्स जियोले १ जनवरी २०२१ अर्थात शुक्रबारदेखि सबै नेटवर्कमा घरेलु भ्वाइस कलिंग सुविधा एकपटक फेरि निःशुल्क गरिने घोषणा गरेको छ।

एक बर्ष पहिले मात्रै टेलिकम कम्पनीले अन्य मोबाइल नेटवर्कहरुमा भारु ६ पैसा प्रति मिनेट शुल्क लगाएको थियो।

यद्यपि कम्पनीले फेरि पुरानो सुविधालाई पुनः जीवन्त बनाएको छ।

‘बिल एन्ड किप’ अन्तर्गत, भारतीय टेलिकम नियामक प्राधिकरण (ट्राई) ले जनवरी १ देखि भारतभर आन्तरिक भ्वाईस कलमा इन्टरकनेक्ट प्रयोग शुल्क (आईयूसी) बन्द गर्ने यसअघि नै निर्णय गरिसकेको छ। इन्टरकनेक्ट उपयोग शुल्क दुई अलग नेटवर्कको बीचमा बहिर्गमन कलहरूको लागि लिइएको शुल्क हो। यी कलहरूलाई अफ-नेट भ्वाइस कल पनि भनिन्छ।

यो नयाँ निर्णय पछि, जियोका ग्राहकहरुले कुनै पनि मोबाइल नेटवर्कमा भारतभर निःशुल्क भ्वाइस कलको सुविधा लिन सक्छन्। यो भारतीय जियोका ग्राहकहरूको लागि नयाँ सालको सरप्राइज उपहार हो, जुन उनीहरूले टेलिकम कम्पनीबाट प्राप्त गरेका छन्।

गएको सेप्टेम्बर २०१९ मा, ट्राईले १ जनवरी २०२० देखि ‘बिल एण्ड किप’ लागू गर्न म्याद थपेको थियो । यसै निर्णयपछि जियोले अन्य मोबाइल नेटवर्कमा कलहरू गर्दा भारु ६ पैसा प्रति मिनेट चार्ज गरिरहेको छ। यो अक्टूबर २०१९बाट शुरू भएको थियो।

यद्यपि जियोले त्यसबेला नै आश्वासन दिएको थियो कि ट्राईले आईयूसी पूर्णरूपले रद्द नगरेसम्म अफ-नेट कलका लागि प्रति मिनेट ६ पैसा शुल्क लिने छ।

अब भने सो शुल्क रद्द हुन गएसँगै जियोले आफ्ना नेटवर्कहरूमा यसअघि बताएअनुसार नै अन्य नेटवर्कहरूमा गरिने कल निशुल्क गर्न लागेको हो ।

जियोले आईयूसीको कारण विगत तीन वर्षमा अन्य अपरेटरहरूलाई १३ हजार ५ यस करोड तिर्नुपरेको दाबी गरेको छ।

अर्को तर्फ अन्य अपरेटरहरूले आईयूसी चार्जलाई समर्थन गरेका छन् किनभने यो उनीहरूको आयको मुख्य स्रोत हो। एजेन्सी

easy care

प्रकाशित: १६ पुष २०७७, बिहीबार