सानिमा बैंकले शुरु गर्यो ओम्नी च्यानलबाट डिजिटल बैंकिङ

Technology Khabar १६ पुष २०७७, बिहीबार

सानिमा बैंकले शुरु गर्यो ओम्नी च्यानलबाट डिजिटल बैंकिङ
Global IME Bank

काठमाडौं ।

सानिमा बैंकले ओम्नी च्यानलबाट डिजिटल बैंकिङ सेवा सुरुवात गर्ने भएको छ ।

सानिमा बैंक यस्तो सेवा सुरु गर्न पहिलो बैंक भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले आजबाट मोबाइल बैंकिङ्ग एप् (सानिमा सजिलो ई–बैंकिङ) अपग्रेड गरेको छ।

नयाँ भर्सनको साथमा सानिमा बैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले ई–क्यास पठाउने र अन्य व्यक्तिहरुले पाउन सक्ने, ई–भौचरबाट जम्मा गर्ने, बैंकसंग मिटिङ्ग तय गर्ने, बचत खाता तथा ऋणको आवेदन दिने, डिजिटल बैंकिङ सेवाहरु सम्बन्धी सोधपुछ आदि, सेवाहरुको लाभ उठाउन सक्नेछन् ।

यसका साथै खाताको विवरण हेर्ने, रकम स्थानान्तरण गर्ने, क्युआर कोडबाट भुक्तानी गर्ने, मुद्दती खाता खोल्ने र अनलाइन भुक्तानी गर्ने जस्ता हालका सेवाहरु पनि प्रयोगकर्ताहरुले प्रयोग गर्न सक्नेछन् ।

हालका मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको मोबाइल एप स्वतः अद्यावधिक हुनेछ । स्वतः अद्यावधिक नभएको खण्डमा डाउनलोड गरी अद्यावधिक गर्न सक्नेछन् ।

Sajilo Visa

प्रकाशित: १६ पुष २०७७, बिहीबार

तपाइको प्रतिक्रिया