सुनद्धारा बनाईएको कस्टमाइज्ड एप्पल एयरपड्स म्याक्स, मूल्य १ करोड रुपैयाँ माथि

Technology Khabar १६ पुष २०७७, बिहीबार

सुनद्धारा बनाईएको कस्टमाइज्ड एप्पल एयरपड्स म्याक्स, मूल्य १ करोड रुपैयाँ माथि
Classic Tech
Nepal Telecom

टेक जायन्ट एप्पलका उत्पादनहरूले सधैं ग्राहकहरूलाई आकर्षित गर्दछन्। एकै साथ मूल उत्पादलाई अनुकूलित गर्ने र यसलाई नयाँ रूपमा प्रस्तुत गर्ने प्रवृत्ति पनि आजकल धेरै नै रुचाइएको छ। हालसालै रूसी लक्जरी ब्रान्ड क्याभियरले घोषणा गर्यो कि यसले एप्पल एयरपड्स म्याक्सको कस्टम भर्सनलाई लन्च गर्नेछ।

म्याकर्यूमर्सको रिपोर्टअनुसार कस्टमाइज्ड एयरपड्स म्याक्स नयाँ वर्ष २०२१ मा लन्च हुनेछ। भनिन्छ कि यो बजारमा कालो र सेतो दुई रंगमा लन्च गरिनेछ।

यी एप्पल एयरपड्स म्याक्स अर्डरपछि मात्र ग्राहकका लागि बनाइनेछन्।

रूसी लक्जरी ब्रान्ड क्याभियर लोकप्रिय टेक उत्पादनहरूको लक्जरी भेरियन्टहरू बनाउनका लागि विश्वभर परिचित छ।

एप्पल एयरपड्स म्याक्सको क्याभियर कस्टम डिजाइनलाई हेरेर, कसैले सजिलैसँग याद गर्न सक्दछ कि हेडफोनहरू सुनलगाईएको कारण हेडफोनहरू एकदम महँगो हुन सक्छ। प्रतिवेदनमा भनिएको छ कि क्याभियरको एप्पल एयरपड्स म्याक्स कस्टम भेरियन्टको मूल्य ४ लाख ८ हजार अमेरिकी डलर अर्थात करिब १ करोड २९ लाख ६० हजार रुपैँया बराबर हुन सक्छ।

क्याभियर समूहले विज्ञप्तिमा भनेको छ कि एप्पल एयरपड्स म्याक्स शुद्ध सुनले डिजाइन गरिएको छ। जसले त्यसको लुक्सलाई धेरै आकर्षक बनाउँछ।

कम्पनीले ग्राहकहरूको रुचीलाई पुरै ध्यानमा राखेर डिजाइन गरिएको बताएको छ र यो कुनै पनि हिसाबले त्रुटिहीन बनाउन जोड दिइएको छ।

यसभन्दा पहिले क्याभियारले कस्टम आईफोन १२ प्रो संस्करण पनि सार्वजनिक गरेको थियो ।

TK Viber

प्रकाशित: १६ पुष २०७७, बिहीबार

Loading...