Technology Khabar १६ पुष २०७७, बिहीबार
सम्पूर्ण अनलाईन सुविधा भएको सुपर एप सार्वजनिक भएको छ । विजनेश ग्रोथ कम्पनीले सञ्चालनमा ल्याएको बहुउपयोगी सूपर एप नामको उक्त एपमा राइड सेयरिङदेखी अनलाईन सपिङसम्मको सुविधा रहेको कम्पनीले जनाएको छ ।
हाल राइड सेयरिङ मात्र सञ्चालन गरेको कम्पनिले केहि समयपछि सबै सुविधा थपिने कम्पनीका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए ।
पछिल्लो समय लोकप्रिय भएको राइड सेयरिङ सेवालाई यस एपले विना इन्टरनेट वा एसएमएस गरेर पनि सेवा लिन सकिन्छ । काठमाडौं उपत्यकामा मात्र नभई देशका अन्य शहरी भागमा पनि सेवा प्रदान गर्ने मुख्य लक्ष्य रहेको अध्यक्ष श्रेष्ठले बताए ।
कम्पनीले आफ्नो आम्दानीको केहि प्रतिशत समाजसेवामा खर्च गर्ने जनाएको छ।
रोजगारी गुमाएका युवाका लागि राइड सेयरिङ सेवा आम्दानी गर्ने राम्रो माध्यम बनेको छ । राइड सेयरिङको माध्यमबाट युवाहरुले रोजगार पाउनुका साथै सेवाग्राहिहरुले सस्तो, विश्वसनिय सेवा पाउने छन् भने समयको बचत हुने कम्पनिका सिइओ विशाल जिसीले जनाए ।
एपमा उच्च गुणस्तरको प्रविधिको प्रयोगका गरिएको र कम्पनीमा दक्ष अनुभवि सात जना व्यवस्थापक र प्राविधिक कार्यरत रहेका छन् ।
सुपर एपको हाल प्रयोगकर्ता बढि रहेका छन् । राइडर र ग्राहकमाझ सुपर एप लोकप्रिय रहेको छ । हाल सुपर एपको प्रयोगकर्ता १५,००० भन्दा बढि रहेको छ भने ५,००० भन्दा बढि सवारी पार्टनरहरू रहेको कम्पनीले जनाएको छ।
सुपर एप डाउनलोड गरी मोबाइल नम्बर सहितको आफ्नो व्यक्तिगत विवरण भरेर बाइक र गाडी छनौट गरी राइडरहरुले आफुलाई रजिस्टर गराउन सक्ने श्रेष्ठले जानकारी दिए ।
साथै ग्राहकले पनि सुपर एप डाउनलोड गरेर व्यक्तिगत विवरण भरेर रजिस्टर गराउन सक्नेछन् । राइडरले सुपर पार्टनर र ग्राहकले सुपर एप डाउनलोड गर्नु पर्ने हुन्छ ।
‘हाम्रो शूल्क बजारमा रहेका अरु भन्दा सस्तो हुन्छ,’ उनले भने, ‘त्यसमाथि राइडरबाट समेत अरुलेभन्दा थोरै कमिसन लिन्छौं ।
प्रकाशित: १६ पुष २०७७, बिहीबार