ई-कमर्श तथा अनलाइन डेलिभरी सेवा संचालकहरुको साझा फोरमद्धारा पठाओ कार्यालय तोडफोडको विरोध

Technology Khabar १४ पुष २०७७, मंगलवार

ई-कमर्श तथा अनलाइन डेलिभरी सेवा संचालकहरुको साझा फोरमद्धारा पठाओ कार्यालय तोडफोडको विरोध
Classic Tech

पठाओ कार्यालय तोडफोड विरुद्ध ई-कमर्श तथा अनलाइन डेलिभरी सेवा संचालकहरुको साझा फोरमको आधिकारिक धारणा सार्वजनिक गरेको छ । संस्थाले विञ‍ज्ञप्ती जारी गर्दै तोडफोडको भत्सर्ना गरेको हो ।

राइड सेरिङ्ग कम्पनि पठाओको कार्यालयमा भएको तोडफोडको समाचारले ई-कमर्श तथा अनलाइन डेलिभरी सेवा संचालकहरुको साझा फोरम को गम्भीर ध्यानाकर्षण भएको भन्दै सो कार्यको निन्दा गरेको हो ।

कुनै पनि समस्या भए आपसी बार्ता र सहमतीय प्रक्रियामा नगएर एक संस्थामाथि आक्रमण शैलीमा तोडफोड गर्नु निकै नै दुखद कुरा भएको जनाएको छ।

पठाओ जस्ता राइड सेयरिङ्ग एपहरुले गर्दा सर्वसाधारण नागरिकहरुको दैनिक यात्रा धेरै हद सम्म सजिलो हुँदै आएको कुरा सर्वबिदित नै छ। साथै कोभिड-१९ का कारण अर्थतन्त्र सिथिल भएको समयमा पनि हजारौंले रोजगारी पाएको सर्वबिदितै छ।

‘कार्यालयमा गएर आक्रमण र तोडफोड गर्ने जस्ता घटनाले नेपाली स्टार्टअप क्षेत्रलाई नवीनता र आविष्कारको बाटोमा धकेल्नुको साटो उल्टै सूचना प्रविधिको माध्यमबाट नेपाली नागरिकहरुलाइ जीवनयापन गर्न सहज बनाइरहेका सबै संस्थाहरुलाई दुरुत्साहन गरेको महसुस भएको छ।’ विज्ञप्तीमा भनिएको छ ।

यस्ता कार्य जो सुकैबाट भएको भए पनि नेपाल प्रहरी र गृह मन्त्रालयले छिटो भन्दा छिटो छानबिन गरि दोषीहरुलाई कारवाही गर्न फोरमले जोडदार माग गरेको छ।

त्यसैगरि राइडरहरुलाई केहि व्यक्तिहरुको लहलहैमा नलागी आफ्ना मागहरु स्पष्ट संवाद र वार्ताका माध्यमले समाधान गर्न हुन पनि अनुरोध गरेको छ।

TK Viber

प्रकाशित: १४ पुष २०७७, मंगलवार

Loading...