इलेक्ट्रिक कार कम्पनी टेस्लाका कारहरु सन् २०२१ देखि भारतमा उपलब्ध हुने

Technology Khabar १४ पुष २०७७, मंगलवार

इलेक्ट्रिक कार कम्पनी टेस्लाका कारहरु सन् २०२१ देखि भारतमा उपलब्ध हुने

काठमाडौं ।

कि अमेरिकाकी इलेक्ट्रिक कार कम्पनी टेस्लाले सन् २०२१ को शुरुदेखि भारतमा इलेक्ट्रिक कार उपलब्ध गराउने भएको छ ।

भारतीय केन्द्रीय सडक, यातायात र राजमार्ग मन्त्री नितिन गडकरीले सो कुराको पुष्टि हालै एक कार्यक्रममा गरे । गडकरीले भने कि टेस्लाले बिक्रीका साथ आफ्नो अपरेशन शुरू गर्नेछ र त्यसपछिको बारेमा कारको बारेमा जनताको प्रतिक्रियालाई ध्यानमा राख्दै उनीहरूले यसको मोनिटाइजज र उत्पादनको बारेमा सोच्नेछन।

रिपोर्टकाअनुसार, विश्वको सबैभन्दा मूल्यवान अटोमोबाइल कर्पोरेशनले अर्को महिना बुकिङ्ग सुरु गर्नेछ भने डेलिभरी तेस्रो त्रैमासमा मात्र गर्नेछ ।

यसका साथै टेस्लाले एक आर एन्ड डी केन्द्र र एक ब्याट्री निर्माण कम्पनी देशमा खोल्ने योजना पनि बनाएको बताईएको छ। यद्यपि कम्पनीले २०१६ मा नै भारत प्रवेश गर्ने योजना बनाएको थियो जब कम्पनीले मोडल ३ को लागि प्रिबुकिङ सुरु गरेको थियो।

भारतमा टेस्लाको मोडल ३ को मूल्य ५५ लाखदेखि ६० लाख भारुको बीचमा हुने अनुमान गरिएको छ ।

टेस्लाले सम्भवतः पूर्णतया चीनबाट कारहरू आयात गर्ने र तिनीहरूलाई अनलाइनमार्फत भारतमा बेच्ने बताईएको छ। यद्यपि यी जानकारीहरु बारे कम्पनीबाट कुनै आधिकारिक पुष्टि भएको छैन। एजेन्सी

easy care

प्रकाशित: १४ पुष २०७७, मंगलवार