भारतीय इलेक्ट्रिक कार सिंगल चार्जमा ५०० किलोमिटरसम्म कुदाउन सकिने

Technology Khabar १४ पुष २०७७, मंगलवार

भारतीय इलेक्ट्रिक कार सिंगल चार्जमा ५०० किलोमिटरसम्म कुदाउन सकिने
Classic Tech
Nepal Telecom

भारतको इलेक्ट्रिक कार कम्पनी प्रभेग डाइनामिक्सले ल्याउन लागेको नयाँ इलेक्ट्रिक कारको जानकारी बाहिरिएको छ । भारतीय इलेक्ट्रिक कार प्रभेग डाइनामिक्सले सन् २०२१ को सुरुवातमा नयाँ कार सार्वजनिक गर्ने तयारी गरेको छ ।

कम्पनीका अनुसार यो कार सिंगल चार्जमा ५०० किमीसम्म चलाउन सकिन्छ । साथै ३० मिटन चार्ज गरेर ३०० किमीसम्म चलाउन सकिन्छ ।

प्रभेग डाइनामिक्सले आफ्नो पहिलो इलेक्ट्रिक कारको नाम एमके१ राखेको छ । यो कारको अधिकतम गति १९६ किमी प्रति घण्टा छ । यो कार ५.४ सेकेन्डमा ० देखि १०० किमीसम्मको रफ्तार हासिल गर्न सक्षम छ । एमके१ मा १५५ किलोवाटको ब्याट्री दिइएको छ । यो कारले उत्कृष्ट शक्तिका साथै तीब्र गति प्रदान गर्छ ।

कम्पनीका अनुसार यो कारको ब्याट्री ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुन्छ । यो कारको ब्याट्री क्षमता मर्सिडीस एस–क्लास र टेस्ला कार बराबर भएको कम्पनीको दाबी छ।

टेस्लाले भारतमा सन् २०२१ देखि इलेक्ट्रिक कार सार्वजनिक गर्ने घोषणा गरिसकेको छ । भारतमा टाटा नेक्सन इभी, एमजी जेटएस इभी र हुन्डाई कोना इलेक्ट्रिक कारको रुपमा निर्माण भइरहेको छ । प्रभेग डाइनामिक्सको प्रतिस्पर्था यी इलेक्ट्रिक कारसँग हुनेछ । एजेन्सी

TK Viber

प्रकाशित: १४ पुष २०७७, मंगलवार

Loading...