कोरोना महामारीमा टेस्लाका सीईओ एलन मस्क र अमेजनका सीईओ जेफ बेजोस मालामाल

Technology Khabar १३ पुष २०७७, सोमबार

कोरोना महामारीमा टेस्लाका सीईओ एलन मस्क र अमेजनका सीईओ जेफ बेजोस मालामाल
Classic Tech
Nepal Telecom

इलेक्ट्रिक कार उत्पादक टेस्लाका सीईओ एलन मस्क र अमेजनका सीईओ जेफ बेजोसको सम्पत्ती बढेको छ । कोभिड–१९ को महामारीका कारण विश्वका अधिकांश उद्योग व्यवसाय घाटामा सञ्चालन भइरहेका छन् भने कतिपय ठप्प छन् । कयौं मानिसको रोजगारी तथा व्यवसाय गुमेको छ ।

तर यस्तो विकराल अवस्था पनि प्रविधिको क्षेत्रमा काम गर्ने मस्क र बेजोसको सम्पत्ति भने अर्बौं अमेरिकी डलरले बढेको छ ।

सन् २०२० मा एलन मस्कको सम्पत्ति एक अर्ब ४० अर्ब अमेरिकी डलरले बढेको छ । ब्लुमबर्गका अनुसार गत सोमबार मस्कको कूल सम्पत्ति १ खर्ब ६७ अर्ब डलर पुगेको छ ।

अहिले एलन मस्क अर्बपतिहरुको सूचिमा छलाङ मार्दै बिल गेट्स लगायतलाई पछि पार्दै दोश्रो स्थानमा उक्लिसकेका छन् । अब उनीभन्दा अगाडि केबल अमेजनका संस्थापक जेफ बेजोस मात्र छन् ।

एक वर्षको अवधिमा सबैभन्दा धेरै कमाउने व्यक्तिका रुपमा मस्कले नयाँ रेकर्ड पनि कायम गरेका छन् । इलेक्ट्रिक कार टेस्लाको बिक्रीमा भएको बढोत्तरीले उनलाई यो उचाईमा पुग्न मद्दत पुर्याएको हो ।

संसारको सबैभन्दा धनी व्यक्ति जेफ बेजोस पनि कोरोना महामारीको समयमा मालामाल भएका छन् । सन् २०२० मा उनको सम्पत्ति ७२ अर्ब अमेरिकी डलरले बढेको छ ।

विश्व महामारीमा अनलाइन कारोबार र कारोबार रकम दुवैले उच्च वृद्धि हासिल गरिरहेको छ । यस्तोमा अनलाइन सपिङ साइट अमेजनबाट सामान खरिद गर्ने ग्राहक बढी रहेका छन् । केहि महिना अघि उनको सम्पत्ति २ खर्ब अमेरिकी डलर माथि पुगेको थियो । हाल भने उनको सम्पत्ति एक अर्ब ८७ अमेरिकी डलर छ ।एजेन्सी

TK Viber

प्रकाशित: १३ पुष २०७७, सोमबार

Loading...