Technology Khabar १३ पुष २०७७, सोमबार
काठमाडौं ।
स्न्यापड्रागन ८८८ प्रोसेसरसहित शाओमी एमआई ११ सार्वजनिक भएको छ । शाओमी एमआई ११ स्न्यापड्रागन ८८८ प्रोसेसर जडित पहिलो स्मार्टफोन हो । स्न्यापड्रागन ८८८ क्वालकमको नयाँ हाइइन्ड चिपसेट हो ।
नयाँ चिपसेट सहित एमआई ११ सिरिज परिष्कृत फिचरमा उपलब्ध छ । यो फोनको क्यामरा क्वालिटीमा सुधार गरिएको छ ।
क्वालकम स्न्यापड्रागन ८८८ प्रोसेसरले सीपीयू र आर्टिफिसिएल इन्टिलिजेन्स (एआई)को प्रफरमेन्स बोजोड छ । यो चिपसेटमा ६ औं जेनेरेसनको क्वालकम आर्टिफिसियल इन्टिलिजेन्स इन्जिन, तेस्रो जेनेरेसनको एक्स६० ५जी मोडेम–आरएफ सिस्टम र ट्रिप्पल आईएसपी छ ।
एमआई ११ स्मार्टफोन १२ जीबी र्याम र २५६ जीबी स्टोरेजमा उपलब्ध छ भने बेस मोडल ८ जीबी र्याम र १२८ जीबी स्टोरेजसहित आएको छ । यो फ्ल्यागसिप फोनमा ४७८० एमएएचको ब्याट्री छ ।
फोनको क्यामरामा विशेष नाइट भिडियो मोड राखिएको छ । कम प्रकाशमा पनि यसले उत्कृष्ट फोटो खिच्न मद्दत गर्छ । एमआई ११ मा १०८ मेगापिक्सेलको मुख्य क्यामरा छ । प्रो मोड अझै परिस्कृत क्यामरा फिचर सहित उपलब्ध हुने कम्पनीको दाबी छ।
६.७ इन्चको एमोलेड डिस्प्ले उक्त क्यूएचडीप्लस रिसोलुसनले १२० गीगाहर्ज रिफ्रेस रेट दिन्छ । अन्य फिचरका रुपमा फोनमा वाईफाई–६ र एलपीडीडीआर ५ र्याम छ ।
शाओमी एमआई ११ को बक्समा आइफोनको अनुशरण गर्दै कम्पनीले चार्जर राखेको छैन ।
प्रकाशित: १३ पुष २०७७, सोमबार