फाइभजीले पनि बढाएन स्मार्टफोनको बजार, तेस्रो त्रैमासिकमा ५.७ प्रतिशतले घट्यो

Technology Khabar १३ पुष २०७७, सोमबार

फाइभजीले पनि बढाएन स्मार्टफोनको बजार, तेस्रो त्रैमासिकमा ५.७ प्रतिशतले घट्यो

काठमाडौं ।

सन् २०२० स्मार्टफोन बिक्रीका हिसाबले फलदायक देखिएन । स्मार्टफोनको प्रविधि विकासमा भने यो वर्ष राम्रै देखिएको छ । अबको संसार ५जी प्रविधिको हो । अधिकतम उत्पादकले सन् २०२० व्यापक मात्रामा ५जी फोन बजारमा उतारेका छन् । प्रयोगकर्ता पनि ५ जी फोनमा अभ्यस्त हुने क्रममा छन् ।

सन् २०२० अक्टोबर ५जी फोनका लागि राम्रै देखिएको छ । बजार विश्लेषक काउन्टरप्वाइन्टका अनुसार अक्टोबरमा विश्वभर बिक्री भएका सम्पूर्ण फोनमा ५जीको बजार हिस्सा २४ प्रतिशत छ । ५जीले बजारको करिब एक चौथाई हिस्सा ओगट्दा पनि स्मार्टफोनको बिक्रीमा खासै उत्साह देखिएको छ ।

गत वर्षको तलुनामा सन् २०२० को तेस्रो त्रैमासिकमा स्मार्टफोनको बजार ५.७ प्रतिशतले घटेको छ । पहिलो र दोस्रो त्रैमासिकमा २० प्रतिशतभन्दा धेरैले स्मार्टफोनको बजार घटेको थियो । पहिलो दुई त्रैमासिकको तुलनामा तेस्रो त्रैमासिकको बिक्रीलाई सुधार उन्मुख नै मान्न सकिन्छ ।

अबको संसार ५जीकै हुने भएकाले सन् २०२१ मा ५जीको ब्यापार बढ्ने अनुमान छ । एप्पलले आफ्नो उत्पादन ५जीमा ल्याउने घोषणा गरिसकेको छ । आईफोन १२ सिरिजका फोन ५ जी टेक्नोलोजीसहित बजारमा उपलब्ध भइसकेको छ ।

ढिलोगरी बजारमा आएको आएको आईफोन १२ सिरिज ५जी फोनको बिक्रीका हिसाबले अग्रस्थानमा छ । आईफोन १२ को बजार हिस्सा १६ प्रतिशत र आईफोन १२ प्रोको बजार हिस्सा ८ प्रतिशत छ । कुल ५ जी बजारको एक चौथाईभन्दा धेरै हिस्सा आईफोन १२ सिरिजको रहेको छ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: १३ पुष २०७७, सोमबार

ताजा समाचार