पठाओका राइडरहरुद्धारा कम्पनीको कार्यालयमा तोडफोड

Technology Khabar १३ पुष २०७७, सोमबार

पठाओका राइडरहरुद्धारा कम्पनीको कार्यालयमा तोडफोड
Classic Tech
Nepal Telecom

राइड सेयरिङ सेवा पठाओका राइडरहरुले कम्पनीको कार्यालयमा तोडफोड गरेका छन् । आफ्ना विभिन्न मागहरु पुरा नभएको भन्दै राइडरहरुले कार्यालय तोडफोड गरेका हुन् ।

राइडरहरुले विभिन्न ११ बुँदे माग पेश गरेर आफ्ना माग पुरा गर्न भन्दै आएका थिए ।

त्यसमध्ये हालको कमिसन घटाएर अधिकतम ८ प्रतिशत मात्रै कमिसन लिन उनीहरुले कम्पनीसँग माग गरेका छन् । हाल कम्पनीले यात्रुले तिर्ने भाडाबाट २० प्रतिशत कमिसन लिने गरेको छ।

कम्पनीले केहि दिनअघि मात्रै राइडर र यात्रुको १ लाखसम्मको उपचार बीमा र मृत्यु भएकाहरुका लागि ५ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा पनि गर्ने घोषणा गरिसकेको छ ।

तर, कम्पनीले राइडरका सबै माग पुरा गराउन नसकिने बताउँदै आएको छ । विशेषगरि कमिसन घटाउने लगायतका माग पुरा गर्न कम्पनी सहमत भएको छैन ।

प्रहरीले सो तोडफोडमा संलग्नलाई पक्राउ गरिसकेको जनाएको छ।

TK Viber

प्रकाशित: १३ पुष २०७७, सोमबार

Loading...