सरकारी संस्थाको स्टार्टअप कार्यक्रममा सहभागी बन्नुस्, २ वर्षसम्म परामर्श र सहयोग पाउनुस्

Technology Khabar १३ पुष २०७७, सोमबार

सरकारी संस्थाको स्टार्टअप कार्यक्रममा सहभागी बन्नुस्, २ वर्षसम्म परामर्श र सहयोग पाउनुस्

काठमाडौं ।

उद्योग मन्त्रालय अन्तरगतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप कार्यक्रम आयोजना गर्ने भएको छ।

उद्यमशिलता विकास गर्न र विभिन्न औद्योगिक तालिमहरु संचालन गर्ने सरकारी संस्थाले नेपालमा नै नवितम सोच राख्ने नेपाली स्टार्टअपहरुलाई सहयोग गर्नेगरि स्टार्टअप कार्यक्रम २०७७-७८ योजना ल्याएको हो ।

सो संस्थाले स्टार्टअपको लागि आवेदन समेत माग गरेको छ । जसमा नवितम सोच भएका व्यक्तिहरु वा स्टार्टअपहरुले आवेदन दिन सक्नेछन् ।

‘…नवीनतम सोच वा अध्ययन, अनुसन्धान, अन्वेषणलाई यस्ता सोच वा संभावना भएका सबै युवाहरुले कार्यान्वयन गर्न सक्ने अवस्था नहुने वा कार्यान्वयन गर्न कठिन हुने हुँदा सरकार वा अन्य उद्यम व्यवसाय प्रवर्धनमा लागेका क्षेत्रबाट सुरुको लगानीदेखि परिपक्व हुन्जेलसम्म सहायता तथा सहुलियत दिनु स्टार्ट अपको मुख्य विशेषता हो,’ प्रतिष्ठानले उल्लेख गरेको छ ।

सो स्टार्टअप कार्यक्रममा प्रतिष्ठानले शुरुवातदेखि नै लगानी गर्ने र सो उद्यम वा व्यवसायलाई परिपक्क भएसम्म सहायता तथा सहुलियत दिनेछ ।

नेपाली युवाहरुमध्ये छनौट भएका २० देखि २५ जनालाई सो स्टार्टअप कार्यक्रममा सहभागी बनाईने र त्यसपछि अभिमुखिकरण र बुट क्याम्पमा समेत राखिने बताईएको छ ।

छनौट भएका स्टार्टअपहरुलाई संस्थाले कम्तिमा २ वर्षसम्म परामर्श र सहयोग गर्ने जानकारी दिएको छ ।

न्यूनतम योग्यता

प्रतिष्ठानको सो स्टार्टअप कार्यक्रममा सहभागी हुन कम्तिमा १२ कक्षा पास गरेको हुनुपर्नेछ भने २१ वर्ष पुरा भएर ४५ वर्ष ननाघेको तथा अध्ययन, अनुसन्धान, अन्वेषणमा आधारित वा नवीन व्यवसायिक सोच भएको हुनुपर्नेछ । त्यसैगरि व्यवस्थापन वा प्राविधिक विधामा कलेजमा अध्ययन विद्यार्थीहरुलाई विशेष प्राथमिकता दिइने बताईएको छ ।

स्टार्टअपमा आवेदन दिने अन्तिम मिति पुस २२ गतेसम्म तोकिएको छ ।

यदि तपाईँपनि सरकारी संस्थाले आयोजना गर्न लागेको स्टार्टअप कार्यक्रममा सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरेर आवेदन दिन सक्नुहुनेछ ।

easy care

प्रकाशित: १३ पुष २०७७, सोमबार