गुगल डुओ र गुगल मिटमा दस खर्ब मिनेटभन्दा बढी भिडियो कल

Technology Khabar १३ पुष २०७७, सोमबार

गुगल डुओ र गुगल मिटमा दस खर्ब मिनेटभन्दा बढी भिडियो कल
Classic Tech
Nepal Telecom

टेक कम्पनी गुगलको भिडियो कन्फ्रेन्सिङ्ग सेवा गुगल डुओ र गुगल मिटमा सन् २०२० मा दस खर्ब मिनेटभन्दा बढी भिडियो कल भएको छ। यो १८ अर्ब घण्टाको भर्चुअल समय हो ।

कोरोनाभाइरसको महामारीले गर्दा मानिसहरु घरभित्रै रहन बाध्य भएको हुँदा यो वर्ष भिडियो कन्फ्रेन्सिङ्ग सेवाको माग उच्च रहँदै आएको छ । सोही कारणले गर्दा गुगलले यहि वर्ष नै गुगल मिट लन्च गरेको थियो भने गुगल डुओ पहिले देखि नै सञ्चालनमा थियो ।

गुगलको यी दुई भिडियो कलिङ प्लेटफर्ममा यो वर्षभित्र विश्वव्यापी रूपमा दस खर्ब मिनेटभन्दा बढी भिडियो कल भएका हुन्। गुगल भिडियो कलिङ प्लेटफर्मको प्रयोग उच्चदरमा बढेको कम्पनीले आफ्नो ब्लग पोस्टमा लेखेको छ।

गुगलका एप प्रयोगकर्ताको संख्या हरेक दिन दस करोडले बढेको छ। यो वर्षको तेस्रो त्रैमासिकसम्म करिब २० करोड मिलियन यसका प्रयोगकर्ता थिए।

केही समयअघि कम्पनीले जीमेलमा समेत मिट सेवालाई जोडेको छ। जसबाट प्रयोगकर्ताले एक क्लिकमा आफ्नो इमेलमार्फत् सिधै गुगल मिट खोल्न सक्छन्।

हाल समय सीमा तोकिएकोमा सन् २०२१ मार्च ३१ बाट भने गुगल मिटको समय अवधि असिमित हुने बताइएको छ। तर यो सुबिधा जीमेल एकाउन्टबाट मिट प्रयोग गर्ने प्रयोगकर्ताले मात्र पाउनेछन् ।

गुगल मिटमा न्वाइज क्यान्सिलेसन ४९ टाइल लेआउट लो लाइट मोडलगायतका फिचरहरु उपलब्ध छन् ।

TK Viber

प्रकाशित: १३ पुष २०७७, सोमबार

Loading...