Technology Khabar १३ पुष २०७७, सोमबार
ह्वाटसएप एक लोकप्रिय च्याटिङ एप हो । हामीमध्ये धेरैले ह्वाटसएपसँगै अर्को नाम, ह्वाटसएप बिजनेस पनि सुनेका छौं । धेरैलाई ह्वाटसएप र ह्वाटसएप बिजनेसको भिन्नता बारेमा थाहा नहुन सक्छ।
ह्वाटसएप बिजनेस पनि ह्वाटसएप जस्तै निःशुल्क डाउनलोड गर्न सकिन्छ । ह्वाटसएप बिजनेस एप सानो व्यवसायीलाई सहयोग पुर्याउने उद्देश्यले निर्माण गरिएको हो।
ह्वाटसएप बिजनेसले ग्राहक र व्यवसायीबचीको वार्तालापलाई सहज बनाउने फेसबुकले बताउँदै आएको छ। यो एपमा रहेको टूल्सले छिटो र अटोमेटिक म्यासेजको उत्तर दिन्छ । यो एपलाई ह्वाटसएप म्यासेन्जरकै जसरी प्रयोग गर्न सकिन्छ । ह्वाटसएप म्यासेन्जर जस्तै यसमा पनि ग्राहकले म्यासेज तथा फोटो पठाउन सक्ने सुविधा छ।
ह्वाटसएप बिजनेसमा प्रयोगकर्ताले आफ्नो व्यवसायको नाम, ठेगना, इमेल तथा वेबसाइटका साथै कम्पनीको विस्तृत जानकारी राख्न सकिने सुविधा छ । ह्वाटसएप बिजनेस एपमा राखिएको सूचनाका आधारमा ग्राहकले कम्पनीको जानकारी सजिलै प्राप्त गर्न सक्छन् ।
बिजनेस प्रोफाइल चिन्ने तरिका
ह्वाटसएपमा व्यक्तिगत र बिजनेस एकाउन्ट सजिलै पहिचान गर्न सकिन्छ । कुनै च्याटमा कन्ट्याक्टको प्रोफाइल हेर्न उसको नाममा ट्याप गर्नुपर्छ । बिजनेस एकाउन्टको प्रोफाइलमा एउटा लेबल लगाइएको हुन्छ ।
अफिसियल बिजनेस एकाउन्ट
यो ह्वाटसएपबाट भेरिफाइ गरिएको एकाउन्ट हो । अफिसियल बिजनेस एकाउन्टको प्रोफाइलको च्याट हेडरमा हरियो रंगको चेकमार्क ब्याज हुन्छ ।
बिजनेस एकाउन्ट
यदि कोहि बिजनेस म्यानले ह्वाटसएप बिजनेसमा कुनै प्रोडक्टमा आधारित रहेर एकाउन्ट बनाएका छन् भने त्यो उसको डिफोल्ट स्टाटस हुन्छ ।
एप डाउनलोड अघि यि कुरा जान्नुहोस्
यदि तपाईसँग पहिलै ह्वाटसएप म्यासेन्जको एकाउन्ट छ भने नयाँ ह्वाटसएप बिजनेस एकाउन्टमा पुरानो च्याट र मिडियासहितको जानकारी ट्रान्सफर गर्न सकिन्छ । यदि तपाई ह्वाटसएप बिजनेसको प्रयोग बन्द गर्न चहानु हुन्छ भने पुरानो च्याट ह्वाटसएप म्यासेन्जरमा ट्रान्सफर गर्न सकिदैन । एउटै स्मार्टफोनमा ह्वाटसएप म्यासेन्जर र ह्वाटस्एप बिजनेस प्रयोग गर्न सकिन्छ । तर त्यसका लागि फरक–फरक फोन नम्बर चाहिन्छ ।
एप डाउनलोड गर्नु अघि यी विषयहरूमा ध्यान दिनुस्
प्रकाशित: १३ पुष २०७७, सोमबार