वानप्लस ९ सिरिजका स्मार्टफोनहरु आगामी वर्ष मार्चमा आउने

Technology Khabar १२ पुष २०७७, आईतवार

वानप्लस ९ सिरिजका स्मार्टफोनहरु आगामी वर्ष मार्चमा आउने
वनप्लस ८ तथा वनप्लस ८ प्रो
Classic Tech

वानप्लसले हरेक वर्ष नयाँ स्मार्टफोन ल्याउँछ। कम्पनीले यस वर्ष आफ्नो सबैभन्दा किफायती स्मार्टफोन वनप्लस नर्ड सुरु गर्‍यो।

नयाँ रिपोर्ट अनुसार वानप्लसले आफ्नो नयाँ फ्ल्यागशिप श्रृंखला वानप्लस ९ लाई २०२१ मा अर्को वर्ष मार्चमा सुरू गर्न सक्छ।

आएको जानकारीअनुसार वानप्लस ९ सिरिजमा वानप्लस ९ र वानप्लस ९ प्रो सामेल हुन सक्छ।

धेरै रिपोर्टहरूमा, यो दाबी पनि गरिएको छ कि कम्पनी वनप्लस ९ लाइट पनि यस श्रृंखलामा लन्च हुनेछ। एन्ड्रोइड सेन्ट्रलको रिपोर्टअनुसार, वानप्लस ९ लाइटमा हालसालै सुरू गरिएको वानप्लस ८ टी को जस्तै धेरै फिचरहरू हुनेछन्।

यसमा ९० हर्ज वा १२० हर्जको एमोलेड डिस्प्ले हुन सक्नेछ। यस फोनमा ८ टी जस्तै क्वाड क्यामेरा सेटअपको साथ आउनसक्ने बताईएको छ। वानप्लस ९ र वनप्लस ९ प्रो मा क्वालकमको नयाँ ५ एनएम चिपसेट र स्न्यापड्रागन ८८८ चिपसेट हुने अनुमान गरिएको छ भने वानप्लस ९ लाइटमा स्न्यापड्रागन ८६५ सहित आउने खुलासा गरिएको छ।

नयाँ सिरिजमा ४० वाटको वायरलेस चार्जिङ्ग, ६५ वाटको वायर्ड फास्ट चार्ज र एनएफसीलगायतका फिचरहरु समेत हुने बताईएको छ ।

TK Viber

प्रकाशित: १२ पुष २०७७, आईतवार

Loading...