डिश होमको सरोकार च्यानलमा भिडियो म्यागजिन ‘सग्लो समाज’ प्रसार हुने

Technology Khabar १२ पुष २०७७, आईतवार

डिश होमको सरोकार च्यानलमा भिडियो म्यागजिन ‘सग्लो समाज’ प्रसार हुने
Classic Tech
Nepal Telecom

डिश मिडिया नेटवर्क लिमिटेडले भोलि सोमबारदेखि साप्ताहिक भिडियो म्यागजिन ‘सग्लो समाज’ प्रसार गर्ने भएको छ।

हिमाल मिडियाले निर्माण गरिरहेको सो म्यागजिन पत्रकार तथा लेखक कनकमणि दीक्षितले प्रस्तुत गर्नेछन् ।

सो म्यागजिन डिश होमको सरोकार च्यानल (१३०) मा राती साढे ८ बजे प्रसार हुने कम्पनीले जानकारी दिएको छ ।

‘सग्लो समाज’ को पहिलो अंकमा विदेशी शक्तिका लागि लडाईँ लड्दा गोरखाली सिपाहीले पाएको दुःखको विषय मूलतः उनै सिपाहीका अभिव्यक्तिमा आधारित भएर प्रस्तुत गरिएको छ ।

देशभित्रै निर्माण गरिएका कार्यक्रम बढाउँदै लैजाने नीति अनुरूप हिमाल मिडियासँग समझदारी भएअनुसार यो कार्यक्रम प्रसार हुन लागेको डिश मिडियाका अध्यक्ष हेमराज ढकालले बताए।

‘सग्लो समाज’ मा हामीले चिन्तन गर्नुपर्ने, चिन्ता लिनुपर्ने र समाजलाई उत्साहित बनाउने विषयलाई म्यागजिनको ढाँचामा प्रस्तुत गरिने हिमाल मिडियाका प्रकाशक तथा यो कार्यक्रमका प्रस्तोता कनकमणि दीक्षितले बताए ।

TK Viber

प्रकाशित: १२ पुष २०७७, आईतवार

Loading...