ह्वावे आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले सम्पन्न, यी हुन् यस वर्षका अवार्ड बिजेताहरु

Technology Khabar १२ पुष २०७७, आईतवार

ह्वावे आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले सम्पन्न, यी हुन् यस वर्षका अवार्ड बिजेताहरु
Classic Tech
Nepal Telecom

नेपालको सूचना प्रविधि क्षेत्रको निकै प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको पाँचौं संस्करणको ग्राण्ड फिनाले शनिवार सम्पन्न भएको छ ।

ह्वावे आइसिटी अवार्ड २०२० मा विभिन्न ११ विधा र जुरी मेन्सन सहित १२ प्रतिस्प्रधिलाई अवार्ड प्रदान गरिएको छ ।

आइसिटी अवार्ड २०२० मा राइजिङ स्टुडेन्ट प्रोजेक्ट ‘सञ्चै छौ’ देखि डिजिटल गर्भनेन्सको उत्कृष्ट संस्था आन्तरिक राजश्व विभागससम्मले अवार्ड प्राप्त गरेका थिए । पायोनियर आइसिटी अवार्ड निलकण्ठ उप्रेतीले प्राप्त गरेभने आन्टरप्रेनर अवार्ड बिनय वोहोराले जित्न सफल भए । यसैगरी वुमन आइन आइसिटी अवार्ड तिमिला यामीले प्राप्त गरिन भने नेपाली डायस्पोरा आइसिटी अवार्ड गौरवराज उपाध्यायले जितेका छन् ।

एनसेल इन्नोभेसन ड्रिभन क्राइसिस रेसपोन्स आइसिटी अवार्ड पाइला रिसेसिएटरले प्राप्त गरेको थियो भने स्टार्टअप आइसिटी अवार्ड क्रिप्टोजेन नेपालले प्राप्त गरेको छ । प्रडक्ट आइसिटी अवार्ड सिपिएफडिएस र जुरी मेन्सन आइसिटी अवार्ड हाम्रो स्वास्थले प्राप्त गरेको छ ।

यस ह्वावे आइसिटी अवार्ड २०२० को मुख्य प्रायोजकका साथै ह्वावे नेपालले प्रमुख ४ क्याटगरी स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड र एनसेल इन्नोभेसन आइसिटी अवार्डका टप फाईभ बिजेताहरुलाई ह्वावे क्लाउड सेवा उपलब्ध गराउनेछ । योसँगै एनसेलले इन्नोभेसन विधाका विजेतालाई ३ लाख रुपैँया रकम पनि उपलब्ध गराएको छ । नेपाल टेलिकमले सबै विजेतालाई फाइबर सेवा दिएको आयोजकले जानकारी दिएको छ।

अवार्ड कार्यक्रममा सम्वोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकारले प्रविधि क्षेत्रका विज्ञहरुको रोष्टर बनाएर बृहृतरुपमा प्रविधिको विस्तार र डिजिटल नेपालको अभियानलाई सफल बनाउन चाहेको बताए । अब सूचना प्रविधिले राजनीति सफा गर्नुपर्ने बेला आएको भन्दै अवार्डले नेपाली इन्नोभेसन देखि सरकारीसस्थाँलाई समेत अगाडी बढ्न प्रोत्साहन गरेको मन्त्री गुरुङको भनाई थियो ।

यसैगरी सचिव हरि बस्यालले ह्वावे जस्ता विश्व प्रसिद्ध कम्पनीहरु सँगको सहकार्य र लगानीले डिजिटल नेपालको सपना पुरा हुन सक्ने बताए ।

ह्वावेका सीईओ विलियम झाङ्गले नेपाललाई अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धी र बलियो बनाउन सरकारसँग सहकार्य गरेर काम गर्न चाहेको बताए । सीईओ झाङ्गले भने, ‘ह्वावे विश्वको अग्रणी टेक कम्पनी भएर आईसीटी क्षेत्रमा सबैभन्दा राम्राको सम्मान गर्न र नेपालको टेक क्षेत्रलाई सुदृढ गर्न पाउँदा खुसी लागेको छ ।’

उनले विश्वका विभिन्न देशहरूमा आईसीटी क्षेत्र विकास गर्दाकोे ह्वावेको अनुभव पनि व्यक्त गरे । साथै, उनले सबै आईसीटी सरोकारवालाहरुसँग नेपालमा डिजिटल ल्याउने र डिजिटल संसारबाट नेपालमा सबैलाई फाइदा पुर्याउने ह्वावे नेपालको प्रतिबद्धता व्यक्त गरेका थिए ।*

ह्वावे आइसिटी अवार्ड २०२० का लागि यस वर्ष ३५० बढीको अनलाइन नोमिनेशन प्राप्त भएको थियो भने जुरी सल्लाहकारबाट पनि नोमिनेशन गरिएको थियो ।

ह्वावे आइसिटी अवार्ड २०२० मा रहेका विधाहरूमा स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड र एनसेल इन्नोभेसन आइसिटी अवार्डका विधाहरूमा विभिन्न चरणको छनौट पश्चात उत्कृष्ट ५ को घोषणा गरिएको थियो । डिजिटल एजुकेशन र डिजिटल गभर्नेन्स आइसिटी अवार्डमा उत्कृष्ट ३ को घोषणा भएको थियो । यसैगरी पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, वुमन आइकन आइसिटी अवार्ड र मिडिया पर्सन आइसिटी अवार्ड २०२० को विजेताको पनि घोषणा गरिएको छ ।
सोहि उत्कृष्टहरु मध्येबाट ग्राण्ड फिनालेमा सर्वोकृष्ट अवार्ड बिजेताहरुको घोषणा गरिएको हो । अवार्ड बिजेताहरुको सूची यस प्रकार रहेको छ ।

अवार्डको नाम र अवार्ड बिजेता

  • स्टार्टअप आइसिटी अवार्ड– क्रिप्टोजेन नेपाल प्रालि
  • प्रडक्ट आइसिटी अवार्ड– सीपीएफडिएस
  • राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड – सन्चै छौं
  • एनसेल इन्नोभेसन ड्रिभन क्राइसिस आइसिटी अवार्ड– पाइला इमरजेन्सी रिस्ससिटिएटर
  • डिजिटल एजुकेशन अवार्ड– बुढानिलकण्ठ स्कूल
  • डिजिटल गभर्नेन्स आइसिटी अवार्ड– आन्तरिक राजस्व विभाग
  • पायोनियर आइसिटी अवार्ड– निलकण्ठ उप्रेति
  • आन्टरप्रेनर आइसिटी अवार्ड– विनय बोहरा
  • नेपाली डायस्पोरा आइसिटी अवार्ड– गौरभ राज उपाध्याय
  • वुमन आइकन आइसिटी अवार्ड–तिमिला यमी थापा
  • मिडिया पर्सन आइसिटी अवार्ड– किरण आचार्य (कारोबार दैनिक)
  • जुरी मेन्सन आइसिटी अवार्ड– हाम्रो स्वास्थ्य

के के पाउँछन् अवार्ड विजेताले ?
ह्वावे आइसिटी अवार्ड २०२० को मुख्य प्रायोजकका साथै ह्वावे नेपालले प्रमुख ४ क्याटगरी स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड र एनसेल इन्नोभेसन आइसिटी अवार्डका टप फाईभ बिजेताहरुलाई ह्वावे क्लाउड सेवा उपलब्ध गराउनेछ ।

त्यसैगरि यस वर्ष स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड र इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड २०२० का विजेताले नेपाल सरकारको स्टार्टअप फण्ड अन्तर्गत ५० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण सुविधामा समावेश हुने अवसर मिल्नेछ । बैंकिङ पार्टनर राष्ट्रिय वाणिज्य बैंकले १० लाख रुपैयाँसम्म बिनाधितो सहुलियतपूर्ण ऋण सुविधा प्रदान गर्नेछन् । इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्डका विजेताले एनसेल मार्फत विशेष आर्थिक रकम (३ लाख) पुरस्कारको रूपमा प्राप्त गर्नेछन् ।

इन एशोसिएशनमा रहेको नेपाल टेलिकमले सबै विजेतालाई एक वर्षका लागि उच्च गतिको फाइबर टु द होम सेवा प्रदान गर्ने छ । जिनियस सोलुसनले विजेताहरुलाई ५ हजार अमेरिकी डलर बराबरको अमेजन वेब होस्टिङ सेवा प्रदान गर्नेछ । सर्वोत्कृष्टलाई ई–सेवाले आफ्नो बिजनेश इन्टिग्रेसन र प्रबद्र्धनमा निःशुल्क सहयोग गर्नेछ । साइबर सेक्युरिटी पार्टनर इमिनेन्स वेइजले साइबर सुरक्षाको लागि आवश्यक सहयोग प्याकेज दिने आयोजकले जनाएको छ ।

*सम्पादित

TK Viber

प्रकाशित: १२ पुष २०७७, आईतवार

Loading...