ल्यापटप र डेस्कटपको अभाव अझै रहने, सन् २०२२ भने व्यवसायीहरुको लागि स्वर्णीम वर्ष हुने

Technology Khabar १२ पुष २०७७, आईतवार

ल्यापटप र डेस्कटपको अभाव अझै रहने, सन् २०२२ भने व्यवसायीहरुको लागि स्वर्णीम वर्ष हुने
Classic Tech
Nepal Telecom

विश्व बजारमा ल्यापटप, डेस्कटपको अभाव देखिएको छ । कोभिड–१९ का कारण धेरैले घरबाट काम गर्नु परिरहेको छ जसले गर्दा ल्यापटप र डेस्कटपमा बसेर घरबाट काम गर्नु परिरहेको छ । यसले गर्दा पछिल्लो समय ल्यापटप, डेस्कटप तथा स्मार्टफोनको बिक्री बढिरहेको छ।

बजारको माग अनुसार आपूर्तिकर्तासँग पर्याप्त स्टक छैन । माग धेरै र आपूर्ति थोरै भएकाले पनि बजारमा ल्यापटप र डेस्कटपको अभाव देखिएको हो । यो अभाव पूर्ति गर्न अझै केहि समय लाग्नै उत्पादकहरुको भनाई छ ।

हाल सम्पूर्ण आपूर्ति श्रृंखलामा बिक्रीको चाप छ । ल्यापटप र डेस्कटपका सबैभन्दा धेरै बिक्री सन् २००८ मा भएको थियो । उक्त समय ३०० मिलियन ल्यापटप र डेस्कटप बिक्री भएको थियो । अहिले २५० मिलियनको आसपास छ । बजार अझै बढ्ने उत्पादकको विश्वास छ।

बजार विश्लेषकले सन् २०२० मा ३०० मिलियनको आँकडा छुने दाबी गरिरहेका छन् । यो गत वर्षको व्यापारको तुलनामा १५ प्रतिशत बढि हो । ट्याबलेटको बजार अझै चुलिएको छ । सन् २०२१ मा कम्प्यूटर र टेबलेटको बिक्री १.७७ विलियन पुग्नेछ । रिसर्च कम्पनी क्यानालाईजको अनुसार सन् २०१९ मा कम्प्यूटर र ट्याबलेटको बाजर १.६ विलियन थियो । कोभिड–१९ का कारण विद्यार्थी, कामदारहरु नयाँ कम्प्युटर खरिद गर्न बाध्य छन् ।

पहिला घरका सदस्यहरु ल्यापटप तथा डेस्कटप शेयर गरेर काम गर्थे । तर अहिले सबैलाई एउटै समयमा काम गर्नुपर्ने बाध्यता छ । त्यसले गर्दा पनि काम गर्ने तथा अध्ययन गर्ने सदस्यहरुको संख्या अनुसार ल्यापटप तथा डेस्कटपको आवश्यकता छ।

यसले गर्दा डेस्कटप र ल्यापटको माग बढेको छ । बढ्दो मागलाई पूरा गर्न अगामी वर्षबाट उत्पादन तथा आपुर्ति बढाउने तयारी गरेका छन् । त्यसैले पनि सन् २०२२ डेस्कटप र ल्यापटका लागि स्वर्णीम वर्ष हुने कम्पनीहरुको विश्वास छ । रोयटर्स

TK Viber

प्रकाशित: १२ पुष २०७७, आईतवार

Loading...