आईबीएमले एफसीसीसँगको विवाद समाधान गर्न २४.२५ मिलियन डलर भुक्तान गर्ने

Technology Khabar १२ पुष २०७७, आईतवार

आईबीएमले एफसीसीसँगको विवाद समाधान गर्न २४.२५ मिलियन डलर भुक्तान गर्ने
Classic Tech
Nepal Telecom

आईबीएम कर्पले स्कूल र लाइब्रेरीलाई ब्रोडब्यान्डमा जोड्ने अनुदानमा अमेरिकी संघीय संचार आयोग (एफसीसी) द्वारा गरिरहेको दुई अनुसन्धानको समाधान गर्न २४.२५ मिलियन डलर भुक्तान गर्ने सहमति गरेको छ।

आईबीएमको भुक्तानीले दुई एफसीसी अनुसन्धानहरू हल गर्नेछ जुन लगभग १५ बर्ष पुरानाो न्यूयोर्क शहर र एल पासो स्कूल जिल्लाहरूको सम्बन्धमा ‘ई-रेट’ कार्यक्रम नियमहरूको कथित उल्लंघनको बारेमा रहेको छ ।

सम्झौता अन्तर्गत, आईबीएमले युनिभर्सल सेवा कोषमा २४.२५ मिलियन डलर फिर्ता गर्न राजी भएको छ जसले ‘ई-रेट’ कार्यक्रमलाई फन्ड गर्दछ तर कम्पनीले आफूले गल्ती गरेको स्वीकारेन्।

एफसीसीले भने कि यसको अनुसन्धानले आईबीएमले २००५  र २००८ को न्यूयोर्कमा भएको प्रतिस्पर्धी बिडिंग नियमहरू पुरा गरेको छैन र २००१ मा एल पासोमा अयोग्य उपकरण र सेवाहरू प्रदान गरेको थियो।

आईबीएमले एक विज्ञप्तिमा भन्यो, ‘यसले ई रेट कार्यक्रमको सपोर्टका लागि उचित कार्य गरेको विश्वास गर्दछ, तर एक लामो समयदेखि चल्दै आएको विषयलाई सुल्झाउने हितमा हामी यो सम्झौतामा पुगेकोमा खुशी छौं।’

युनिभर्सल सेवा कोषमा सबै अमेरिकी टेलिकम अपरेटरहरुले रकम राख्ने गर्दछन र सोही रकमबाट कठिन र पिछडिएका अमेरिकी क्षेत्रहरुमा दूरसञ्चार सेवा पुर्याउने गरिएको छ । रोयटर्स

TK Viber

प्रकाशित: १२ पुष २०७७, आईतवार

Loading...