Technology Khabar १२ पुष २०७७, आईतवार
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सूचना प्रविधि क्षेत्रलाई उद्योगका रूपमा विकास गर्न सरकारले लगानी सम्मेलन गर्ने जानकारी दिएका छन् ।
शनिबार राजधानीमा आयोजित आईसीटी अवार्ड–२०२० कार्यक्रममा यो क्षेत्रको प्रवद्र्धनका लागि आवश्यक लगानी सम्मेलन आयोजना गर्ने योजना बनाएको उनले जानकारी दिएका हुन्।
सूचना प्रविधिको प्रबर्द्धन र रोजगारीका लागि सरकार प्रतिबद्ध रहेको भन्दै मन्त्री पार्वत गुरुङले यो क्षेत्रको प्रबर्द्धन गर्न नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमले लगानी बढाउनुपर्ने सुझाव दिए ।
यसका साथमा दूरसञ्चार कम्पनीहरूले सामाजिक उत्तरदायित्वमा गरेको लगानीको अध्ययन पनि सरकारले गर्न लागेको जानकारी दिए ।
प्रकाशित: १२ पुष २०७७, आईतवार